आजको मिती : २०७५ मङ्सिर १ शनिबार

समय :०२:२७

Logo

स्थानीय

Image

मुस्लिम समाज कतारद्धारा शुक्लागण्डकीका दुई विरामीलाई आर्थिक सहयोग

शिव आले 

भाद्र २१, दुलेगौँडा ।
तनहुँको शुक्लागण्डकी वडा नं-५ निवासी  मृगौला पिडित जनि मुन मीसा कमला र शुक्लागण्डकी वडा नं- ८ निवासी बोन म्यारो पिडित विनिता गिरीलाई विहीबार एक कार्यक्रमको बिचमा सयुंक्त रुपमा आर्थिक सहयोग गरिएको छ । उनीहरुलाई अन्तराष्ट्रिय नेपाली मुस्लिम समाज कतारले जनही २५ हजारको दरले आर्थिक सहयोग गरिएको हो । उक्त रकम वडा नं ५ का वडाध्यक्ष दिर्घ बहादुर थापाले विरामी कमलालाई हस्तान्तरण गरेका थिए भने ८ नं वडमका अध्यक्ष कृष्ण रेग्मीले गिरीकी आमालाई हस्तान्तरण गरेका थिए ।

अन्तराष्ट्रिय नेपाली मुस्लिम समाज कतारका सल्लाहाकार संयोजक एवम् नेपाल  पत्रकार महासंघ कतारका अध्यक्ष  करिम बक्स मियाँको पहलमा रकम संकलन गरिएको थियो । उक्त  सहयोग रकम संस्थाले मासिक रुपमा उठाउँदै आएको लेबि र केहि सहयोगी मनहरुको सहयोगबाट संकलन गरेको मियाँले बताए । 


शुक्लागण्डकी वडा नं ५ निवासी  मृगौला पिडीत जनि मुन मीसा कमला विगत १० महिना अघि देखि मृगौला पिडीत छिन् । उनले हाल पोखराको गण्डकी मेडिकल कलेजमा डायोलोसिस गदै आएकी छिन् । त्यस्तै शुक्लागण्डकी वडा नं-८ निवासी विनिता गिरी ५ महिना अघि देखि काठमाण्डौ स्थित सिभिल अस्पतालमा बोन म्यारो ट्रान्सप्लान्टको लागि उपचाररत रहेकी छिन् । 

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै पुर्व सांसद हसिना मियाँ बेगामले पिडितहरुले अझै पनि जनचेतनाको कमिले गर्दा सरकारबाट पाउने सुविधा प्राप्त गर्ने नसकेको भन्दै  शिक्षितहरुले सोको  बारेमा जानकारी दिन आग्रह गरिन् । 


उक्त अवसरमा बोल्दै शुक्लागण्डकी वडा नं ५ का अध्यक्ष दिर्घ थापा , ८ का अध्यक्ष कृष्ण रेग्मी , वडा नं ४ का वडा सदस्य रोजिना खातुन,हाजी करिम महम्द मियाँ लगायतले असहाय गरिब पिडीत हरुलाई सहयोग गर्ने विभिन्न जात जाति ,भाषा धर्म भन्न नहुने भन्दै मन ठुलो हुन आवश्यक रहेको बताए । मुस्लिम सेवा समाजका अध्यक्ष हाजी अब्दुल गफुर दिन मियाँको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव मोहम्मद अली मियाँले गरेका थिए ।