आजको मिती : २०७५ असोज ५ शुक्रबार

समय :१०:२४

Logo

स्थानीय

Image

बाराही ईन्टरनेट जोड्नुहोस्, आर्कषक उपहार प्राप्त गर्नुहोस्

दुलेगौडा, भदौ २२ । इन्टरनेट प्रदायक कम्पनी बाराही इन्टरनेट(डिजि लिक नेटवर्क)ले तिज पर्वको अवसरमा इन्टर जडान कर्ताहरुलाई आकर्षक उपहार प्रदान गर्ने भएको छ ।
महिलाहरुको महान पर्वको रुपमा मनाइदै आएको यो पर्वको अवसरमा नयाँ इन्टरनेट जडान कर्ताहरुलाई उपहार प्रदान गरिएको दुलेगौडा शाखाका कार्यकारी ब्यवस्थापक विबेक वाग्लेले बताए । उनले इन्टरनेट प्रदायक कम्पनीहरुको स्वस्थ्य प्रतिस्पर्धा भै रहेको जानकारी दिदै आफुहरुको कम्पनी प्रति विस्वास बढाउनको लागि तिज विशेष अफर ल्याईएको बताए ।
यस क्षेत्रका उत्कृष्ट इन्टर प्रदायक कम्पनीको रुपमा स्थापित गर्न तल्लिन रहेको यो सस्थाले आफ्नो सेवालाई थप प्रभाकारि बनाउने अभियानमा रहेको संस्थाले जनाएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका सँगै भिमादका केही क्षेत्रहरुमा आफ्नो सेवा विस्तार गरेको दुलेगौडा शाखाले तिजको अवसरमा इन्टरनेट जडानकर्ताहरुलाई लक्षित गरि नारा समेत सार्वजनिक गरेको छ । कम्पनीले तिजको बहार, बाराही इनटरनेट जडानमा पाउनुहोस् पक्का आकर्षक उपहार नारा तय गरेको हो ।