आजको मिती : २०७५ असोज ५ शुक्रबार

समय :१०:३०

Logo

खेलकुद

Image

ढोरफिर्दीमा जारी सेभेन ए साइड फुटबल प्रतियोगीतामा ६ खेल सम्पन्न

भाद्र २३, दुलेगौँडा ।

तनहुँको शुक्लागण्डकी-८,ढोरफिर्दी गणपतिमा आयोजित १ लाख बढी धनराशीको खुल्ला नकआउट सेभेन ए साइड फुटबल प्रतियोगीतामा शुक्रबार ६ खेल सम्पन्न भएको छन् ।

पहिलो खेलमा आयोजक शुक्ला जनसेवा युवा क्लब बीले शुक्लागण्डकी जेसिजलाई ३-० को गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । दोस्रो खेलमा फिरफिरे एकेडेमी विजयी भएको छ । फिरफिरेले भु.पु सन्तती युवा क्लबलाई ५-१ को गोल अन्तरमा हराएको हो ।  बेलचौतरा युवा क्लब र उत्तम टोल शुक्लागण्डकी ८ बीच भएको तेस्रो खेलमा बेलचौतरा ५-० को पराकिलो गोल अन्तरले विजयी भएको छ ।

 त्यस्तै आर्दश युवा क्लब छाङ मनोहरीले लण्डन ब्रीज युथ क्लबलाई पेनाल्टी सुट आउटमा ३-२ गोल अन्तरले पराजित गरेको छ । दुवै समुहबाट निर्धारित समयसम्म १/१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको थियो । त्यसै गरी भ्याली युवा क्लब घारी र फ्रेण्डसीप युथ क्लब बेलचौतराबीच भएको खेलमा २-१ गोल  अन्तरले भ्याली विजयी भएको छ  भने अन्तिम खेलमा आयोजक शुक्ला जनसेवा युवा क्लब विजयी भएको छ । उसले नमुना युवा क्लब समुह बीलाई ३-० को गोल अन्तरमा पराजित गरेको हो ।

शनिबार ६ खेल खेलाइने कार्यक्रम संयोजक पिताम्बर खाँतीले जानकारी दिए ।प्रतियोगीतामा ३१ टिमले सहभागीता जनाएका छन् ।

प्रतियोगीताको फाइनल २७ गते हुने भएको छ । प्रतियोगीताको विजेताले १ लाख १ हजार १ सय २१ रुपैया र  उप९विजेताले  ५५ हजार ६ सय ५५ रुपैयाको साथमा कप मेडल र प्रमाणपत्र  प्राप्त गर्ने छन् । प्रतियोगीता वडाभित्रका २८ वटा टोल विकास संस्थाको आयोजना र वडा कार्यालयको सह आयोजनामा आयोजना गरिएको हो ।