आजको मिती : २०७५ मङ्सिर १ शनिबार

समय :०२:२९

Logo

स्थानीय

Image

शुक्लागण्डकीको घारीमा टोलस्तरीय तीज गीत प्रतियोगीतामा शिखर टोल साँखर प्रथम

भाद्र २३, दुलेगौँडा ।

हरितालिका तीजको अवसरमा तनहुँको शुक्लागण्डकी-९,घारी मालेबगरमा आयोजित टोलस्तरीय तीज गीत प्रतियोगीता शुक्रबार सम्पन्न भएको छ । मालेबगर नयाँ वस्ती टोल विकास संस्थाको आयोजना र ९ नं वडा कार्यालयको  आर्थिक सहयोगमा आयोजित तीज गीत प्रतियोगीतामा शिखर टोल विकास संस्था साँखर प्रथम भएको छ ।

त्यस्तै राधाकृष्ण टोल विकास संस्था द्धितिय ,नव प्रगतिशलि टोल विकास संस्था तृतिय र भाटडाँडा टोल विकास संस्था सान्त्वना भएको छ । प्रतियोगीताका प्रथम , द्धितिय,तृतिय र सान्त्वनाले क्रमश: १० हजार ,७ हजार ५ हजार र १ हजार पाँच सय सहित प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै उत्कृष्ट नृत्यको पुरस्कार रु १ हजार ५ सय मजुवा टोल विकास संस्थाले जित्दा उत्कृष्ट भेषभुषाको पुरस्कार १ हजार ५ सय आयोजक मालेबगर नयाँवस्ती टोल विकास संस्थाले हात पारेको छ । त्यस्तै हरियाली टोल विकास संस्था अनुशासित समुह बन्दै एक हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगीतामा वडाभित्रका ९ टोल विकास संस्थाले सहभागीता जनाएका थिए । प्रतियोगीहरुले स्थानिय तहले दिएको सेवा, आइ परेका समस्या ,महङ्गी , भष्ट्रचार,महिला हिँसा ,हत्या बलात्कार लगायतका विषयलाई गीतको मुल विषय बनाएर प्रस्तुत गरेका थिए । 


यस अघि कार्यत्रमको उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिकाकी उप मेयर सविता रसाइलीले तीजमा तडकभडक देखाउन नहुने बताइन् । उनले पुरानो परम्परा तथा संस्कृतिको संरक्षण गर्दै सभ्य रुपमा तीज मनाउन महिलाहरुलाई आग्रह गरिन् ।"तीज हाम्रो महत्वपुर्ण पर्व हो,यसलाई सभ्य रुपमा मनाउनुपर्छ तडकभडक देखाउनु हुदैन '-उनले भनिन्- पुरानो संस्कृतिलाई जोगाउँदै समयानुकुल परिमार्जन हुदै जानुपर्छ ।"

 

 

उप-मेयर रसाइलीले चुलोचौकोमा सिमित महिलाहरु जागुरुक बन्दै गएकोमा खुसी व्यक्त गर्दै गीतमा उल्लेख गरिएका महिला शक्तिलाई व्यवहारमा कार्यान्वयन गर्न सुझाव दिइन् । कार्यक्रममा वडा अध्यक्ष लोक नारायण श्रेष्ठले वडाका महिलाहरुलाई विभिन्न सीपमुलक तालिम दिएर सक्षम र आत्मनिर्भर बनाउन वडा लागि परेको बताए । उनले गएको बर्ष पनि महिला लक्षित विभिन्न कार्यक्रम गरेको उल्लेख गर्दै तीज पर्वको मौलिकता जोगाउन र महिलाहरुलाई जागुरुक गराउन तीज गीत प्रतियोगीताका लागि वडाले बजेट छुट्याएको बताए ।

त्यस्तै कार्यक्रममा नगरपालिकाका कार्यपालिका सदस्यद्धय विष्णु माया ढकाल,गीता महत ,वडा सदस्य डिल बहादुर थापा लगायतले तीजको शुभकामना दिएका थिए ।


टोल विकास संस्थाकी अध्यक्ष तेज कुमारी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नवप्रभात युवा क्लबका अध्यक्ष विक्रम कार्कीले स्वागत र सचिव अनुका राउत क्षेत्रीले कार्यक्रम संचालन गरेकी थिइन् । कार्यक्रम संचालनका लागि वडाले ५० हजार बजेट विनियोजन गरेको थियो ।