आजको मिती : २०७५ असोज ५ शुक्रबार

समय :१०:२६

Logo

स्थानीय

Image

स्याङजाको बैदीछाप देखि सामाकोटसम्म नयाँ ट्रयाक खोलिदै

भाद्र २३, दुलेगौँडा ।
स्याङ्जाको हरिनास गाउँपालिका वडा नं-७ बैदीछाप देखि चापाकोटको सामाकोटसम्म जोड्ने गरी नयाँ मोटर मार्गको ट्रयाक खोल्ने काम भइरहेको छ । सामाकोट बैदिछाप मोटर मार्ग उपभोक्ता समिति गठन गरेर दशैँ अघि काम सक्ने ट्रयाक खोल्ने काम भइरहेको मोटर मार्ग समितिका सचिव कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार करिब १० कि।मि। दुरीको मोटर मार्गको १५ प्रतिशत बाटो खनिएको छ ।

उक्त बाटो हुदै पाल्पाको रामपुर जान दुरीको हिसाबले छोटो हुने भएको छ । हरिनास गाउँपालिकाले उक्त ट्रयाक खोल्न आ.व २०७५/०७६ को वजेटबाट रु १७ लाख विनियोजन गरेको छ । उक्त नया मोटर बाटो बिस्तार हुदाँ स्थानिय बासिन्दाहरूलाई आवत जावत र गाँउमा उत्पादिक कृषि उपजलाई बजारीकरणको लागि सहज हुने सचिव पौडेलले बताए । उनले भने यो बाटो खेलेपछि स्थानियलाई आवत जावत र सामान ल्याउन लैजान समेत सहज र छिटो हुन्छ, अझ गाउँमा उत्पादन हुने तरकालीवाली बजारसम्म लैजान झनै सजह हुन्छ ।