आजको मिती : २०७५ पौष २ सोमबार

समय :०४:२३

Logo

मनोरञ्जन

Image

नव प्रभात च्याम्पियनबाट फाइनालिष्ट छनोट

दुलेगौँडा ।
नवप्रभात युवा क्लब शुक्लागण्डकी-९,घारी मालेबगरले संचालन गरेको  नव प्रभात च्याम्पियन २०७५ को ग्राण्ड फिनालेका लागि टप टेन प्रतिष्पर्धी छनोट गरिएको छ । शनिबार दुलेगौँडामा आयोजित टप टेन सेलेक्सन राउण्डबाट १० जना छानिएका हुन् । जसमा नृत्यबाट ६ जना र गायनबाट ४ जना छानिएको क्लबका अध्यक्ष विक्रम कार्कीले जानकारी दिएका छन् ।

नृत्यमा अनिश गुरुङ ,सरोज/अस्मिताको जोडी ,आकाशी थापा ,प्रविना गुरुङ,सृष्टि थापा र रञ्जु सुनामी छनोट भएका छन् भने गायनमा अञ्जना गुरुङ ,विवेक गुरुङ ,बाबुराम पराजुली र जेम्स जुग्जाली फाइनलका लागि छानिएका छन् ।

निर्णायकमा तराना म्युजिक सेन्टर पोखराका संचालक श्रीमान् थुलुङ र चाउ डान्स क्रिउ को संचालक सुजन श्रेष्ठ हाक्कु रहेका थिए । च्याम्पियनको   ग्राण्ड फिनाले भाद्र ३० गते हुने भएको छ ।