आजको मिती : २०७५ मङ्सिर १ शनिबार

समय :०२:३०

Logo

स्थानीय

Image

हरितालिका तीजको दिन दुलेगौँडामा खुल्ला तीज गीत प्रतियोगीता हुदै

भाद्र २६, दुलेगौँडा ।
हरितालिका तीजको दिन तनहुँको दुलेगौँडामा खुल्ला तीज गीत प्रतियोगीता हुने भएको छ । विगतका बर्षहरुमा झै तनहुँ उद्योग वाणिज्य संघ दुलेगौँडा बजार इकाईको आयोजनमा प्रतियोगीता  हुन लागेको हो ।
'लोक,संस्कृतिको संरक्षण तथा संवद्र्धन गरौँ, हरितालिका तीज भव्य रुपमा मनाऔँ' भन्ने नारा सहित हुन लागेको प्रतियोगीताको तयारी अन्तिम चरणमा पुगेको छ । 
प्रतियोगीतामा प्रथम हुने समुहले नगद २१ हजार र प्रमाण पत्र, द्धितिय हुनेले नगद १४ हजार र प्रमाण पत्र र तृतिय हुनेले नगद ७ हजार र प्रमाणपत्र प्रापत गर्ने छन् । त्यस्तै प्रतियोगीतामा उत्कृष्ट नृत्य तथा भेषभुषालाई नगद १ हजार ५ सयले पुरस्कृत गरिने भएको छ । प्रतियोगीतामा सहभागीताको लागि दर्ता शुल्क ३ सय तोकिएको छ ।

उक्त दिन उपस्थित दर्शकलाई मनोरञ्जन गराउन चर्चित लोक तथा दोहोरी गायिका सम्झना भण्डारीको विशेष प्रस्तुती रहने भएको छ । गायिकका भण्डारीकोे  'बत्ती बाल्नै पदैन त्यो ठाँउमा, भदौरे झरी ,झुम्का हरायो,लरकै लक्र्याे सारी, बैराग भो'- जस्ता चर्चित तीज गीतहरु बजारमा आएका छन् ।साथै स्थानिय कलाकारहको पनि प्रस्तुती रहने बताइएको छ ।