आजको मिती : २०७५ मङ्सिर ४ मंगलबार

समय :०२:२९

Logo

खेलकुद

Image

ढोरफिर्दीमा आयोजित सेभेन ए साइड फुटबलको फाइनलमा ज्याब्लिङ्ग र नमुना भिड्दै

भाद्र २७ ,दुलेगौँडा । 
तनहुँको शुक्लागण्डकी-८,ढोरफिर्दी गणपतिमा तीजको अवसरमा आयोजित १ लाख बढी धनराशीको खुल्ला नकआउट सेभेन ए साइड फुटबल प्रतियोगीताको बुधबार फाइनल हुने भएको छ । फाइनलमा ज्याबलिङ् युवा क्लब तिव्यतियन क्याप ढोरफिर्दी र नमुना युवा क्लब 'ए' गाछेपानी भिड्ने भएका छन् । 

मंगलबार भएको सेमिफाइनलमा ज्याब्लिङ्गले फिरफिरे युवा क्लबलाई पेनाल्टी सुट आउटमा ७-६ को गोल अन्तरले हराएउँदै फाइनलमा प्रवेश गरेको हो । त्यस्तै नमुना युवा क्लबले फिदीमार्थि २-० को सहज जित हाँसिल गर्दै फाइनलको यात्रा तय गरेको हो । फाइनल खेल दिउँसो १२ बजे शुरु हुने कार्यक्रम संयोजक पिताम्बर खाँतीले बताए । प्रतियोगीतामा ३१ समुहले सहभागीता जनाएका थिए ।


प्रतियोगीताको विजेताले १ लाख १ हजार १ सय २१ रुपैया र  उप९विजेताले  ५५ हजार ६ सय ५५ रुपैयाको साथमा कप मेडल र प्रमाणपत्र  प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र अनुशासित टिम पुरस्कृत हुने आयोजक समितिका सचिव विपेन्द्र सेन ठकुरीले बताए । साथै बुधबार हरितालिका तीजको दिन खुल्ला तीज गीत प्रतियोगीता समेत आयोजना गरिएको छ ।

वि.सं २०५२ साल देखि फुटबल प्रतियोगिता र तीज गीत प्रतियोगिता हुदै आइरहेको जानकारी दिदै सचिव ठकुरीले नेपाली मौलिक परम्परा जर्गेना गर्ने र स्थानिय रुपबाट खेलकुदको विकास गर्ने उद्धेश्यलले फुटबलसंगै तीज गीत प्रतियोगीतालाई निरन्तरता दिइएको बताए ।


त्यस्तै तीज प्रतियोगितातर्फ प्रथम हुनेले २५ हजार १ रुपैयाँ, द्धितिय हुनेले १५ हजार १ रुपैयाँ र तृतिय हुनेले ७ हजार १ रुपैयाँका साथै प्रमाणपत्र पाउने छन् । त्यस्तै उत्कृष्ट भेषभुषा र नृत्यलाई ३ हजार १ रुपैयाँको दरले पुरस्कृत गरिने बताइएको छ ।  महिलाहरुको लागि म्युजिकल चियर प्रतियोगीता समेत आयोजना गरिएको छ । विजेतालाई नगद ३ हजार १ रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।