आजको मिती : २०७५ असोज २९ सोमबार

समय :०५:०७

Logo

स्थानीय

Image

राङरुङमा बुधबार(आज) प्रदेश मन्त्री गुरुङ सहित कलाकारको घुइँचो

भाद्र २७, दुलेगौँडा ।

नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा भिमादस्थित राङरुङमा खुल्ला तीज गीत प्रतियोगीता हुदै छ । आज बुधबार दिउँसो १२ बजेबाट शुरु हुने प्रतियोगीतामा सहभागी समुहको प्रस्तुतीसंगै राष्ट्रिय स्तरमा चर्चित कलाकारहरुको प्रस्तुति एवं विभिन्न जातजातिको मौलिक संस्कृति झल्कने प्रस्तुतीहरु रहने कार्यक्रम संयोजक उज्जवल खनालले बताए ।कार्यक्रममा चर्चित लोक तथा दोहारी गायक जिवन दाहाल , सन्दिप परियार , गायिका लक्ष्मी नेपाली ,दुर्गा थापा मगर लगायतका स्थानिय कलाकारहरुको प्रस्तुति रहनेछ । कार्यक्रममा स्थानिय स्तरमा उत्पादित कृषि प्रदर्शनी , लाखे नाच , कोराहा नाच मेलाको विशेष आकर्षण रहेको छ । 

तीज गीत प्रतियोगीतामा प्रथम हुनेले नगद २५ हजार र द्धितीय हुने समुहले १५ हजार प्राप्त गर्ने छन् । दर्ता शुल्क २ हजार तोकिएको छ । 

कार्यक्रममा गण्डकीका प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ प्रमुख अथितिको रुपमा राङ्गरुङ्गमा आउने भएका छन् । भानुमतिमा जन्मिएर त्यहिबाट राजनीति गरेका मन्त्री गुरुङ स्थानियवासीलाई सम्बोधन गर्न तीजको अवसरमा राङ्गरुङ्ग आउन लागेका हुन् ।

स्वस्थ्य समाजको निर्माण हाम्रो अभियान , संस्कृतिको संरक्षण हाम्रो उद्धेश्य भन्ने नारा सहित आयोजित राङरुङ भलिबल कप २०७५ तथा विविध सांस्कृतिक कार्यक्रम गत भाद्र २० गते देखि शुरु भएको  हो । भलिबल प्रतियोगीता गत २३ गते बाट जारी रहेको छ भने एकल नुत्य प्रतियोगीता बिहीबार बाट सुरु हुनेछ ।