आजको मिती : २०७५ असोज ५ शुक्रबार

समय :१०:२७

Logo

खेलकुद

Image

ढोरफिर्दीमा आयोजित सेभेन ए साइड फुटबल प्रतियोगीताको उपाधि नमुनाले उचाल्यो

भाद्र २७ ,दुलेगौँडा ।
तनहुँको शुक्लागण्डकी-८,ढोरफिर्दी गणपतिमा तीजको अवसरमा आयोजित खुल्ला नकआउट सेभेन ए साइड फुटबल प्रतियोगीताको उपाधी नमुना युवा क्लब  ए गाछेपानीले उचालेको छ ।बुधबार भएको फाइनल खेलमा ज्याम्पिलिङ्  युवा क्लब तिव्यतियन क्याप मुस्तानचोक ढोरफिर्दीलाई १-० गोल अन्तरले पराजित गदै नमुनाले उमाधि चुमेको हो ।निकै प्रतिष्पर्धात्मक भएको खेलमा नमुनाले दोस्रो हाफको अन्तिम समयमा गोल गरेको थियो । उपाधि विजेता नमुनाले १ लाख १ हजार १ सय २१ रुपैया सहित कप, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यस्तै उपविजेतामा चित्त बुझाएको ज्याम्पिलिङले ५५ हजार ६ सय ५५ रुपैयाको साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 


त्यस्तै प्रतियोगीतामा ज्याम्पलिङका फरवार्ड अशोक थापा उत्कृष्ट खेलाडी घोषित हुदै नगद ५ हजार एक सहित ट्रफी र मेडल पाएका छन् । फिरफिरे युवा क्लबका विरे गुरुङले प्रतियोगीतामा सर्वाधिक गोल गर्दै नगद ५ हजार सहित ट्रफी र मेडल हात पारेका छन् भने नमस्ते एक्सप्रेस काठमाण्डौँ अनुशासित समुह बन्दै ३ हजार एक हात पारेको छ ।


विजेतालाई शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले पुस्कार हस्तान्तरण गरेका थिए ।भाद्र २२ गते देशि भएको प्रतियोगीतामा ३१ समुहले सहभागीता जनाएका थिए ।


त्यस्तै भेट्रान्सहरुबीच भएको मैत्रीपुर्ण खेलमा सन्तोष श्रेष्ठको समुह दुलेगौँडा भेट्रान्स विजयी हुदै खसी उपहार पाएका छन् । दुलेगौँडाले शुक्लागण्डकी नगरपालिकाको कर्मचारी टिमलाई ६-० को गोल अन्तरले पराजित गरेको थियो ।शुक्लागण्डकी वडा नं-८ का टोल विकास संस्थाहरुको संयुक्त आयोजना र वडा कार्यालयको सह आयोजनामा प्रतियोगीता सम्पन्न गरिएको हो ।