आजको मिती : २०७५ मङ्सिर ४ मंगलबार

समय :०२:०९

Logo

स्थानीय

Image

शुक्लागण्डकीमा तीज गीत प्रतियोगीता,सहभागी प्रत्येक प्रतियोगीतामा विहानी आमा समुह बेलचौतरा पुरस्कार जित्न सफल

भाद्र २७, दुलेगौँडा ।

हरितालिका तीजको अवसरमा शुक्लागण्डकीका विभिन्न स्थानमा आयोजित तीज गीत प्रतियोगीता सम्पन्न भएको छ । यसैबीच ढोरफिर्दीमा वडा नं-८ भित्रका टोल विका संस्थाहरुको आयोजनामा भएको खुल्ला तीज गीत प्रतियोगीतामा विहानी आमा समुह बेलचौतरा प्रथम भएको छ ।प्रतियोगीतामा पञ्चमुनी देव मा.वि द्धितिय र नमुना आमा समुह तृतिय भएका छन् ।प्रतियोगीताका प्रथम, द्धितिय र तृतिय हुने समुहले क्रमशं: नगद २५ हजार एक, १५ हजार एक, ७ हजार एक रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगीतामा हरियाली आमा समुहले उत्कृष्ट नृत्य र लहरे पिपल आमा समुह उत्कृष्ट भेषभुषाको नगद ३ हजार १ रुपैयाँको दरले पुरस्कार जित्न सफल भएको छ । प्रतियोगीतामा १२ समुहले सहभागीता जनाएका थिए ।


त्यस्तै गरी महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको म्युजिकल चियर प्रतियोगीतामा धना पोख्रेल प्रथम, कोपिला ढकाल द्धितिय र अनिता अधिकारी तृतिय हुदै क्रमशं ३ शजमर एक ,२ हजार एक र १ हजार एक रुपैयाँ प्राप्त गरेका छन् ।प्रतियोगीताका विजयी समुहहरुलाई पुस्कार वितरण गर्दै शुक्लागण्डकी नगरपालिकाका मृयर किसान गुरुङले तीज भड्किलो बन्दै गएको भन्दै महिलाहरुको ध्यानाकर्षण गरेका थिए । उनले हामी सवै नारीको महान् पर्व तीज हो भनेर सामुहिक रुपमा मनाउने संस्कार बसाउने हो भने तीज सभ्य बन्दै जाने बताए ।

 

दुलेगौँडा बजार इकाईले आयोजना गरेको तीज गीत प्रतियोगीता

त्यसै गरी तनहुँ उद्योग वाणिज्य संघ दुलेगौँडा बजार इकाईले आयोजना गरेको तीज गीत प्रतियोगीतामा शुभकामना समुह राधाकृष्ण टोल लामे आहाल प्रथम भएको छ । प्रतियोगीतामा विहामनी आमा समुह बेलचौतरा द्धितिय ,दिदीबहिनी आमा समुह गगनगौँडा तृतिय र दिदीबहिनी आमा समुह सृजनाटोल बेलचौतरा सान्त्वना भएका छन् । प्रतियोगीताका प्रथम, द्धितिय,तृतिय र सान्त्वनाले क्रमशं: २१ हजार, १४ हजार, ७ हजार र ३ हजार सहित प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगीतामा अरनिको माध्यमिक विद्यालय भोटेपानी उत्कृष्ट नृत्य र दिदीबहिनी समुह लाली गुराँस टोल उत्कृष्ट भेषभुषा घोषित हुदैँ जनही १ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगीतामा १७ समुहले सहभागीता जनाएका थिए ।


बजाई इकाईका सभापति राज कुमार वाग्लेको सभापत्विमा भएको कार्यक्रममा तनहँ उद्योग वाणिज्य संघका अध्यक्ष मनकाजी श्रेष्ठ, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन मरासिनी, ,तनहुँ उद्याृग वाणिज्य संघका द्धितिय उपाध्यष हरि थापा ,वडा नं ४ का वडाध्यक्ष शिव कुमार श्रेष्ठ, नागरिक समाजका अध्यक्ष खेमराज खनाल ,ब्रह्माकुमारी रश्मी खड्का,इकाईका संस्थापक अध्यक्ष बसन्त ज्वारचन ,कार्यक्रम संयोजक रोजिना खातुन लगायतले बोलेका थिए ।


कार्यक्रममा चर्चित लोक दोहोरी गायिका सम्झना भण्डारी ,गायक शंकर पन्त, मालती रानाले आ-आफ्ना प्रस्तुती मार्फत् मनोरञ्जन प्रदान गरेका थिए भने हास्यकलाकार मनिष घिमिरेले हास्य प्रस्तुती राखेका थिए ।

 

खैरेनीटार बजारमा खुल्ला तीज गीत प्रतियोगीता

त्यस्तै तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाइले आयोजना गरेको खुल्ला तीज गीत प्रतियोगीतामा धयरे आमा समुह प्रथम भएको छ । धयरेले प्रथम हुदै नगद २० हजार सहित प्रमाण पत्र हात पारेको छ । त्यस्तै राधाकृष्ण समुह कास्की लामेआहाल द्धितिय, दुलेगौँडा बाल समुह तृतिय र दिदीबहिनी आमा समुह अकला सान्त्वना भएको छ । द्धितिय, तृतिय र सान्त्वनाले क्रमशं नगद १० हजार ,५ हजार र २ हजार  सहित प्रमाण प्रत्र पाप्त गरेका छन् ।प्रतियोगीतामा दिदीबहिनी आमा समुह उत्कृष्ट नृत्य प्रस्तुत गर्दै नगद २ हजार जित्न सफल भएको छ ।
विजेतालाई शुक्लागण्डकी नगरपालिकाकी उप मेयर सविता रसाइलीले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।  प्रतियोगीतामा १३ समुहले सहभागीता जनाएका थिए ।प्रतियोगी समुहहरुले नारी वेदना सहित देशको समसामयिक विषयवस्तुलाई समेटेर गीत प्रस्तुत गरेका थिए ।

 

 

 

 

ढोरफिर्दी वचत तथा ऋण सहकारी संस्थाको खुल्ला तीज गीत प्रतियोगीता

ढोरफिर्दी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको खुल्ला तीज गीत प्रतियोगीतामा बाराहीखोला साउनडाँढा आमा समुहले प्रथम  हुदै १० हजार पुरस्कार जितेको छ ।हरियाली आमा समुह फिर्दीले हुदै ७ हजार , धारापानी आमा समुहले तृतिय हुदै ५ हजार प्राप्त गरेका छन् । त्यसै गरि दिदिवहिनी वचत समुह लालिम,दिदी वहिनी समुह घोर्मे , नव प्रगति विकास संस्था घारीतालवेसी र दिपशिखा समुह फिर्दीले सान्त्वना पुरस्कार स्वरुप जनही १ हजारको दरले पुरस्कार प्राप्त गरे । प्रतियोगीतामा १४ समुहले सहभागीता जनाएका थिए ।

यस अघि  कार्यक्रमको उद्घाटन गर्दै ढोरेली सेवा समाज काठमाण्डौं, दिदी वहिनी समाज काठमाण्डौंको अध्यक्ष शिव कुमारी कार्कीले नयाँ पिंडीलाई पुरानो रितीरिवाज,संस्कार र संस्कृतिको वारेमा जानकारी गराउन उपयोगी भएको बताइन् । कार्यक्रममा उपस्थित सम्र्पूण सहभागिहरुलाई स्वागत गर्दै संस्थाका अध्यक्ष शिवशंकर बानियाँले ढोर फिर्दीको भौगोलिक वनावट र यहाँको संभावनालाई दृष्टिगत गरि शेयर सदस्यहरुकै सहभागितामा लघु घरेलु तथा साना उद्यम स्थापना तथा संचालन गरि फिर्दीमा मुख्य रुपमा कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गराउन, लोक संस्कृतीको संरक्षण र जगेर्ना गरी महिलाहरुको प्रतिभा प्रर्दशन गराई उत्कृटताको आधारमा पुरस्कृत गरि प्रोत्साहित गर्न कार्यक्रमको आयोजना गरिएको बताए ।

 

राङ्गरुङ्गमा अन्तर आमा समुह स्तरीय तिज गीत प्रतियोगीता

तनहुँको भिमाद-८,राङ्गरुङ्गमा बुधवार हरितालिकाको दिन भएको अन्तर आमा समुह स्तरीय तिज गीत प्रतियोगीतामा विहानी आमा समुह शुक्लागण्डकी ५ बेलचौतारा प्रथम हुन सफल भएको छ । उसले नगद २५ हजारको साथमा प्रमाण पत्र प्राप्त गर्ने छ । त्यसै गरी कोटदेवि आमा समुह राङ्गरुङ्ग द्दितीय , प्रगतिशिल आमा समुह चारघरे तृतिय र राधाकृष्ण आमा समुह सान्तवना हुन सफल भएका छन् । उनीहरुले क्रमश नगद १५ हजार ,७ हजार र ३ हजार पाँच सयको साथमा प्रमाण पत्र प्राप्त गर्ने भएका छन् । 

तिज गीत प्रतियोगीता शुक्लागण्डकी नगरपालिका , भिमाद नगरपालिकाका गरी १४ समुहको सहभागीता रहेको सांस्कृतिक संयोजक शालिकराम गहतराज ले जानकारी दीएका छन् । सांस्कृतिक कार्यक्रमको गण्डकीका प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ ले उद्दघाटन गरेका थिए ।आज उक्त कार्यक्रम चर्चित लोक तथा दोहोरी गायक जिवन दाहाल , सन्दिप परियार , गायिका लक्ष्मी नेपाली ,लाली थापा मगर ,दुर्गा थापा मगरले लगायत उपस्थित दर्शकहरुलाई आप्नो चर्चित गीतहरु मार्फत मनोरञ्जन प्रदान गरेका थिए । नेवार समुदाएको लाखे नाच , मगर समुदायको कौराहा नाच , पञ्चेबाजा प्रस्तुत गरिएको थियो । विजेता समुहरुलाई भाद्र २९ गते समापन समारोहमा भिमाद नगरपालिकाका मेयर मेख बहादुर थापाको प्रमुख आतिथित्यमा पुरस्कार वितरण गरिने कार्यक्रम संयोजक उज्जवल खनालले जानकारी दिएका छन्  ।