आजको मिती : २०७५ असोज ३१ बुधबार

समय :१२:५०

Logo

खेलकुद

Image

राङ्गरुङ्ग भलिबल कपको उपाधि आयोजकलाई

भाद्र २९, दुलेगौँडा ।

राङ्गरुङ्ग भलिबल कप २०७५ को उपाधि आयोजक राङ्गरुङ्ग युवा समुहले नै उचालेको छ । शुक्रबार भएको फाइनल खेलमा चाङसिङ युवा क्लबलाई २५-२२ ,२२-२५ र २५-२० को प्रतिष्पर्धात्मक सेटमा पराजित गर्दै आयोजकले उपाधि आफै राख्न सफल भएको हो । 


राङ्गरुङ्गले उपाधिसंगै नगद ५५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उप विजेता चाङसिङले ३३ हजार ३ सय ३३ सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।त्यस्तै प्रतियोगीतामा सेफिफाइनल सम्मको यात्रा तय गर्दै सान्त्वना स्थान हाँसिल गरेका दुई समुह शान्तिदिप युवा क्लब चैनपुर र वैडीले जनही ७ हजार ७ सय ७७ रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरे । प्रतियोगीतामा २० समुहले सहभागीता जनाएका थिए ।

 


त्यस्तै हरितालिका तीजको अवसरमा आयोजित अन्तर आमा समुह स्तरीय खुल्ला तीज गीत प्रतियोगीतामा प्रथम हुन सफल विहानी आमा समुह बेलचौतरा, द्धितिय कोटदेवि आमा समुह राङ्गरुङ्ग, तृतिय प्रगतिशिल आमा समुह चारघरे र सान्त्वना राधाकृष्ण आमा समुहलाई क्रमश नगद १५ हजार ,७ हजार र ३ हजार पाँच सयको साथमा प्रमाण पत्र प्रदान गरिएको थियो । 


त्यसै गरी खुल्ला एकल नृत्य प्रतियोगीतामा प्रथम र द्धितिय हुन सफल तिर्सना रोका र इन्सना थापालाई क्रमशं ८ हजार र ५ हजारको साथमा प्रमाण पत्र प्रदान गरिएको छ ।युवा समुहका अध्यक्ष एवं कार्यक्रम संयोजक उज्जवल खनालको अध्यक्षतामा भएको समापन कार्यक्रममा विजयीहरुलाई भिमाद नगरपालिकाका मेयर मेख बहादुर थापा ,वडाध्यक्षहरु श्याम सुन्दर जोशी , सुर्य कुमार श्रेष्ठ ,बुद्धिमान् श्रेष्ठ इमान थापाले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

 


यस अघिका कार्यक्रममा चर्चित लोक दोहोरी कलाकारहरु जीवन दाहाल, लक्ष्मी नेपाली ,सन्दिप परियार लगायत स्थायि कलाकारहरको प्रस्तुती रहेको थियो । राङ्गरुङ्ग क्षेत्रको पर्यटन प्रवद्र्धन तथा खेलकुदको विकास गर्ने उद्धेश्यले राङ्गरुङ्ग युवा समुह भिमाद-७ द्धारा आयोजित कार्यक्रमको अवसरमा पञ्चे बाजा, लाखे नाच समेत प्रस्तुत गरिएको थियो ।