आजको मिती : २०७५ असोज ३१ बुधबार

समय :१२:४९

Logo

अर्थ

Image

दुलेगौँडा शुभेच्छा अटो वक्र्स बजाज शोरुममा एक्सचेन्ज अफर

असोज १२, दुलेगौँडा ।

तनहुँको शुक्लागण्डकी–४ दुलेगौंडामा रहेको शुभेच्छा अटो वक्र्स बजाज शोरुमले एक्सचेन्ज अफर ल्याउने भएको छ । आउँदै गरेको बडा दशैँ तथा शुभ दिपावलीलाई लक्षित गरी बजाज कम्पनीले आफ्नै कम्पनी तथा अन्य जुनसुकै कम्पनीका ग्राहकहरुले सेवा लिन सक्ने गरी एक्सचेन्ज अफर ल्याउन लागेको हो ।


यहि असोज १७, १८ र १९ गते एक्सचेन्ज अफर कार्यक्रम हुने शुभेच्छा अटो वक्र्सका प्रो.शरद श्रेष्ठले जानकारी दिए ।उनले जुनसुकै कम्पनीको जुनसुकै मोडलका मोटरसाइकल एक्सचेन्ज गर्न सकिने बताए । 


उक्त अफरमा मोटरसाइकलको उत्कृष्ट मुल्य, फाइनान्सको सुविधा र प्रत्येक खरिदमा आकर्षक उपहार सहित चार्डपर्वको अवसरमा न्युनतम ६ हजार देखि १ लाख सम्म नगद छुट र हरेक हप्ता लक्की ड्र बाट छानिएका विजेताले साप्ताहिक कार्यक्रममा पकेट फुल रकम जित्ने लगायतका भाग्यशाली उपहार कार्यक्रम पनि कम्पनीले ल्याएको छ ।  एक्सचेन्ज अफर शुरु नहुदै हालसम्म १२ वटा नयाँ विक्रि र ३ वटा मोटरसाईकल एक्सचेन्ज भएको उनले बताए । 


त्यस्तै बजाज कम्पनीले देशभरीका आफ्नो आधिकारिक विक्रिेताहरुमा फ्रि सभिसिङ क्याप पनि संचालन गर्ने भएको छ । शुभेच्छा अटो वक्र्स बजाज शोरुम दुलेगौँडामा यहि असोज १४ र १५ गते  फ्रि सभिसिङ क्याप संचालन हुने भएको छ । क्यापको अवसरमा कम्पनीले लेबर चार्जमा  ५० प्रतिशत ,इन्जिन वेलमा २५ प्रतिशत र स्पेयर पाट्समा १० प्रतिशत छुटको व्यवस्था गरेको छ । हरेक सभिसिङमा आकर्षक उपहार समेत प्रदान गर्ने भएको प्रोपाइटर श्रेष्ठले बताए । उनले मोटरसाइकल प्रयोगकर्ताहरुलाई मौकाको सदुपयोग गर्न आग्रह गरेका छन् ।