आजको मिती : २०७५ असोज ३१ बुधबार

समय :०१:१२

Logo

खेलकुद

Image

दुलेगौंडामा सेभेन ए साइड फुटबल र भेन्ट्रान्स भलिबल प्रतियोगिता हुने 

दुलेगौंडा, ११ असोज ।
तनहुँको शुक्लागण्डकी नगरपालिकामा दशैँको अवसरमा दुलेगौँडामा खुला दशैँ कप सेभेन ए साइड फुटबल प्रतियोगीता हुने भएको छ । शुक्लगण्डकी युवा क्लबको आयोजनामा यहि असोज २७ देखि ३१ गतेसम्म सातौ संस्करणको प्रतियोगिता गर्न लागेको हो । स्थानीयस्तरका युवाहरुलाई खेलमा आकर्षित गरी युवाहरुको प्रतिभा प्रस्फुटन गर्दै नयाँ दक्ष खेलाडी उत्पादन गर्ने र युवाहरुलाई सामाजिक कार्यमा अग्रसर गराई लागुऔषध तथा कुलतको संगतबाट बचाउँदै स्वस्थ र सक्षम नागरिक तयार पार्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको पत्रकार सम्मेलन गरी क्लबका अध्यक्ष युवराज भट्टराइले जानकारी गराएका छन् ।

 

प्रतियोगीताका विजेतालाई नगद १ लाख ११ हजार १११ रुपैयाँ र उपविजेतालाई ६६ हजार ६६६ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने भएको छ । त्यस्तै, प्रतियोगीतामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, म्यान अफ दि म्याच र फेयर प्ले टिमलाई पनि पुरस्कार प्रदान गरिने बताइएको छ । पञ्चमुनी देव माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगितामा करिब ४० टिमको सहभागिता रहने आयोजकले अनुमान गरेको छ । प्रतियोगितामा सहभागिताका लागि क्लबले दर्ता शुल्क बापत ६ हजार ५ सय रुपैयाँ तोकेको छ ।

 

सोहि अवसरमा क्लबले ३५ बर्षमाथिको भेट्रान्स पुरुष भलिबल प्रतियोगीता समेत आयोजना गरेको छ । प्रतियोगीताको विजेताले ट्रफी, मेडल प्रमाणपत्र सहित खसी उपहार पाउने छ । उपविजेताले ट्रफी, मेडल प्रमाणपत्र सहित बोका उपहार प्राप्त गर्ने छन् । भलिबलमा १२ टोली सहभागी गराउने लक्ष्य रहेको क्लबका अध्यक्ष भट्टराइले बताए। उनका अनुसार सहभागिताका लागि भलिबलमा १ हजार ५ सय दर्ता शुल्क तोकिएको छ भने असोज २४ देखि २६ गतेसम्म सहभागी टिमले दर्ता गरिसक्नु पर्नेछ ।