आजको मिती : २०७५ असोज ३१ बुधबार

समय :०१:३६

Logo

खेलकुद

Image

पाँचौ भिमाद पिरुङ्ग कृषि खेलकुद तथा सांस्कृतिक दशैँ मेला

दुलेगौँडा :- तनहुँको भिमाद नगरपालिका ४  पिरुङ्गमा नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा पाँचौ भिमाद पिरुङ्ग कृषि खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । 

 


"आधुनिक कृषि र पशुपालन आर्थिक समुद्धि एवम् ग्रामिण विकासको पुर्वाधार, पाचौँ भिमाद पिरुङ्ग कृषि तथा सांस्कृतिक संरक्षणको मुल आधार " भन्ने मुल उदेश्य सहित हुने कार्यक्रम असोज २७ देखि कार्तिक १ गते सम्म सञ्चालन  हुनेछ । नगर वडा स्तरीय हुने भलिबल प्रतियोगीतामा प्रथम हुनेले नगद ५० हजारको साथमा ट्रफी मेडल प्रमाण पत्र प्राप्त गर्ने छन् । द्धितीय र तृतिय हुनेले क्रमश नगर ३० हजार ,२० हजारको साथमा ट्रफी मेडल प्रमाण पत्र प्रदान गरिनेछ । सान्तवना हुनेले १०  हजार प्राप्त गन  आयोजकले जानकारी दिएको छ । दर्ता शुल्क ४ हजार रहेको छ । 


पिरुङ्ग युनिटी युथ स्र्पोट  क्लबको आयोजनामा कार्यत्रम हुनेछ ।  पिरुङ्ग युनिटी युथ स्र्पोट  क्लबले  स्थापना काल देखि नै त्यस क्षेत्रमा उत्पादन भएको अदुवा ,खुर्सानी लगायतका कृषिजन्य वस्तुको व्यापारीकाण देखि भलिबल तथा विविध साँस्कृतिक कार्यक्रम गरी खेल क्षेत्र र ग्रामीण क्षेत्रको बिकासको लागि अतुलनिय भुमिका खैल्दै आएको छ ।