आजको मिती : २०७५ असोज ३१ बुधबार

समय :१२:४९

Logo

अर्थ

Image

शुक्लागण्डकी लायन्स महोत्सव आज (शुक्रबार) देखि शुरु हुदै,महोत्सवको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गुरुङले गर्ने 

असोज १९, दुलेगौँडा ।

प्रथम शुक्लागण्डकी लायन्स महोत्सव २०७५ भोलि शुक्रबार (आज)  देखि शुरु हुदै छ ।"सामाजिक सेवा संगै आर्थिक विकासको पुर्वाधार ,लायन्स महोत्सव समृद्ध शुक्लागण्डकीको आधार" भन्ने नाराका साथ लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनको आयोजनामा हुन लागेको महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । शुक्लागण्डकी-५ बेलचौतरास्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा यहि असोज २७ गतेसम्म महोत्सव संचालन हुने छ । महोत्सवलाई लक्षित गरी गल्छिना देखि झरौटासम्म धोंजापतकाले सिंगारिदाँ यतिबेला बेलचौतरा झकीझकाउ भएको छ । 
महोत्सव अवलोकन गर्न आउने दर्शक तथा अथितिको स्वागतमा  खैरेनीटार बजार,मिलडाँडा ,गल्छिना र दुलेगौँडामा स्वागत गेट निमार्ण गरिएको छ । रमाइला मेलातर्फ पिङ्ग ,जादुघर ,बाल उद्यान लगायतका खेलहरुको संरचनाहरु निर्माण भइसकेका छन् ।

 

 

महोत्सवको आज (शुक्रबार) एक समरोहका बीच गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय गरिएको महोत्सवका प्रवक्ता दुर्गा कुमार श्रेष्ठले जानकारी गराएका छन् । महोत्सवको नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भनेपनि अन्तिम समयमा प्रचण्डको समय अभावका कारण उपस्थित नहुने जानकारी आएको आयोजकले जनाएको छ । यस अघि दुलेगौँडाको बनकेवा चोक देखि र खैरेनीटारतर्फ श्री ३ बाहिनी अड्डाबाट महोत्सव स्थलसम्म विभिन्न जातजाति तथा संघसंस्थाको झाँकी सहितको ¥याली निकालिने भएको छ । उत्कृष्ट झाँकीलाई पुरस्कार समेत प्रदान गरिने छ ।

 


यस क्षेत्रको धार्मिक तथा पर्यटकिय स्थलको विकास एवं प्रवद्र्धनमा महोत्सवले भुमिका खेल्ने आयोजकको दाबी छ । शुक्लागण्डकी-१२ स्थित रहेको लामा गाँउ तथा घरेडी र वडा नं-२ मा रहेको दगाम भुजिकोट होमस्टे जान चाहाने दर्शक तथा अतिथिलाई त्यहाँसम्म लैजाने विशेष प्याकेज नै आयोजकले तयार पारेको छ ।


महोत्सवमा हरेक दिन विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुद्धारा  स्वास्थ्य शिविर संचालन गरिने भएको छ ।फेवासिटी हस्पिटलसंगको सहकार्यमा आयोजकले स्वास्थ्य शिविर संचालन गर्न लागेको हो । सो अवसरमा निशुल्क औषधि समेत वितरण गरिने महोत्सव मुल समारोह समितिका संयोजक प्रदिप थापाले बताए ।

 

महोत्सवमा रक्तदान कार्यक्रम, ५० जना अशक्त अपाङ्गलाई ह्युलचियर वितरण , ५ सय जना विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण ,सामाजिक रुपमा विभिन्न क्षेत्रमा क्रियाशिल भई योगदान पु¥याएका ५ जना सामाजिक व्यक्तित्वलाई नागरिक अभिनन्दन गर्ने जस्ता कार्यक्रमहरु पनि रहेको छ । महोत्सवको पहिलो दिन चर्चित लोक दोहोरी गायक चोलेन्द्र पौडेल ,सृजना खत्री ,सन्तोष बगर र लक्ष्मी बाँनिया लगायतको प्रस्तुती रहने भएको छ ।


महोत्सव अवधिभर मनोरञ्जनतर्फ महानायक राजेश हमाल, नायिका नम्रता श्रेष्ठ ,नायक तथा निर्देशक निश्चल बस्नेत ,लोक दोहोरी कलाकारतर्फ बद्री पंगेनी,पशुपति शर्मा ,रामजी खाँड ,ज्योति मगर ,भुमिका गिरी,शंकर पन्त ,कला लम्साल लगायतको प्रस्तुति रहने भएको छ । आधुनिक पपतर्फ दुर्गेस थापा, हेमन्त शर्मा ,रमेशराज भट्टराई र साँझमा युवा पुस्ता माझँ चर्चित ¥यापर आशिष राना (लाहुरे) र चर्चित पप ब्याण्ड द एज ब्याण्ड लगायत स्थानिय ब्याण्डहरुको पप कन्सर्ट समेत हुने आयोजकले बताएको छ । महोत्सवमा वडास्तरीय भलिबल प्रतियोगीता, खुल्ला तथा विधालयस्तरीय नृत्य प्रतियोगीता समेत  आयोजना हुने भएको छ ।


महोत्सवमा विभिन्न प्रकारका २०१ व्यापारिक स्टल रहने छन् । दशैँलाई लक्षित गरी आयोजना गरिएको महोत्सवमा दशैँको लागि आवश्यक घरायसी सामाग्री सहित खसी ,बोका र च्याङग्रा विक्रिका लागि राखिने भएको छ । महोत्सव अवलोकनका लागि सर्वसाधरण दर्शकलाई रु ६० को टिकट तोकिएको छ, विदार्थीलाई ४० र ७० बर्ष माथिका ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ ।

 

महोत्सवको ५ लाख दर्शकले अवलोकन गर्ने र करिब २ करोड बराबरको आर्थिक कारोबार गर्ने आयोजकले लक्ष्य लिएको छ ।