आजको मिती : २०७५ पौष २ सोमबार

समय :०४:५२

Logo

मनोरञ्जन

Image

चलचित्र चोर ट्याक्सी सार्वजनिक

दुलेगौँडा : छोटो चलचित्र “चोर ट्याक्सी”  युट्युवमार्फत सार्वजनिक भएको छ ।कतारमा रहेका नेपाली कलाकारहरुद्धारा अभिनित चलचित्रमा अध्ययन र रोजगारीका लागि विदेश जानेहरुको कथा समेटिएको छ ।

युवा अवस्थामा आउने जोस, गलत निर्णय र भोगाईको परिणामलाई चलचित्रमा निर्देशक भविन्द्र तामाङ्गले वास्तविक जस्तै लाग्ने गरि उतार्ने कोशिस गरेका छन् । चलचित्रमा प्रकाश न्यौपाने, ज्ञानेन्द्र रसाइली, मुना गिरी, राजेन्द्र थापा, मिलन विश्वकर्मा, प्रदिप भुषाल र राजेन्द्र खड्काको अभिनय देख्न सकिन्छ ।

युवा पुस्ताहरुलाई गतल निर्णय लिनबाट जोगाउनको लागि चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने कलाकार मिलन विश्वकर्माले बताए । निर्देशक तामाङ्गकै लगानीमा निर्माण भएको “चोर ट्याक्सी” सेल्फी टिभी युट्युव च्यानल मार्फत दर्शकहरुले हेर्न सक्ने चलचित्र निर्माण पक्षले जनाएको छ ।

करिव २०० भन्दा धेरै म्युजिक भिडियोहरु र न्यु जेनेरेसन नामक नेपाली चलचित्र निर्देशन गरिसकेका अनुभवि निर्देशक तामाङ्गले चलचित्रमा सबैले मेहनत गरेको हुनाले राम्रो हुने र सबै दर्शकहरुले मन पराउने विश्वास गरिएको छ ।