आजको मिती : २०७५ पौष २ सोमबार

समय :०४:२१

Logo

स्थानीय

Image

शुक्लागण्डकी लायन्स महोत्सवको दोस्रो दिन ३५ लाखको कारोबार , भलिबल सोमबार देखि

दुलेगौँडा :- 

तनहुँको शुक्लागण्डकीमा जारी शुक्लागढडकी लायन्स महोत्सवको दोस्रो दिन ३५ लाख बराबरको आर्थिक कारोबार भएको छ। साथै  ७ हजार दर्शकले अवलोकन गरेको  महोत्सवका प्रवक्ता दुर्गा कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

महोत्सवमा शनिबार चर्चित लोक तथा दोहोरी गायक रामजी खाँड ,बसन्त विश्वकर्मा , गायिका  प्रिया भण्डारी, सिर्जना खत्री लगायतका कलाकार हरुले आफ्नो चर्चित गीतहरु मार्फत उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । साथै चलचित्र निदैशक शोभित बस्नेत , युटुबर एवम् मोडल सोनिका रोकायकोे विशेष प्रस्तुतिमा दर्शक हरु रमाएका थिए ।

 

 

त्यसै गरी महोत्सवको अवसरमा नै आयोजित थायराइड तथा रगतमा हुने खराबी बोसो सम्बन्धि नि शुल्क रक्त परीक्षण एवं संचेतना कार्यक्रममा  ३१५ जनाको सहभागीता रहेको प्रबन्धक ठाकुर प्रसाद पन्तले जानकारी दिएका छन्  । उक्त परीक्षण युराएल पोखराको प्राविधिक सहयोगमा भएको थियो भने १५ जना प्राविधिक खटिएका थिए । उनीहरुको रिपोर्ट आगामी बुधबार आउने बताइएको छ । साथै महोत्सव स्थलमा नै असोज २७ गते बृहत स्वास्थ्य शिविरको समेत आयोजना गरिएको महोत्सव निदैशक दिर्घ थापाले जानकारी दिएका छन् । महोत्सव स्थलमा नै २५ गते रक्तदान कार्यक्रम , २३ गते सुगर परिक्षण , र २३ गते नै जि।पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बेलचौताराका को आयोजनामा निशुल्क रुपमा फोक्सो परीक्षण गरिनेछ ।

महोत्सवको तेस्रो दिन आइतबार सुगम संगीत तर्फका हेमन्त शर्मा , साहिमा श्रेष्ठ , सन्तोष वस्याल , विजय पुन र लोक तथा दोहोरी गायक कुष्ण सुवेदी , लक्ष्मी नेपाली ,शकर पन्त लगायत कलाकारहरुको विशेष प्रस्तुति रहने सांस्कृतिक संयोजक सुजन श्रेष्ठले जानकारी दिएका छन् ।

 

भलिबल सोमबार बाट 

 

महोत्सवको अवसरमा आयोजित खुल्ला भलिबल प्रतियोगीता सोमबार देखि हुने भएको छ । भलिबल प्रतियोगीतामा १७ टीमको सहभागीता रहेको छ । विजेता हुने टोलीले १ लाख ५ हजारको साथमा ट्रफी ,मेडल, प्रमाण पत्र प्राप्त गर्ने छन् । तिद्धीय र तृतिय हुनेले क्रमश ७५ हजार ,२० हजारको साथमा ट्रफी ,मेडल, प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै उत्कुष्ट खेलाडीको लागि विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।