आजको मिती : २०७५ पौष २ सोमबार

समय :०४:१९

Logo

मनोरञ्जन

Image

सोमबार शुक्लागण्डकी लायन्स महोत्सवमा भुमिका गिरी आउने

दुलेगौँडा : - तनहुँको शुक्लागण्डकी ५ बेलचौतारामा जारी शुक्लागण्डकी लायन्स महोत्सवको  चौथौँ दिन सोमबार  चर्चित लोक तथा दोहोरी गायिका भुमिका गिरी  आउने भएकी छीन् ।

 


गिरीले महोत्सवमा लौका चाख्ने मौका देउ, तिउन मिठो बनायो चुकैले , दियौ चुरोट दिएनौ सलाइ , गोरखपुरको सलाई , नरिसाउन कान्छू , मायाकै पिरलो जस्ता आप्नो चर्चित गीतहरु मार्फत तनहुँ बासीलाई मनोरञ्जन दिने रेडियो ढोरबाराही १०३.८ मेगाहर्जलाई जानकारी दिएकी छन् ।उनी सँगै चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा , गायक शकर पन्त र पछिल्ललो समय युवाहरुको ढुकढुकी उपनाम पाएका कमल खत्रीको विशेष प्रस्तुति रहनेछ । 

 


महोत्सव असोज २७ गते सम्म सञ्चालन हुनेछ भने विभिन्न प्रकारका २०१ व्यापारिक स्टल रहने छन् । दशैँलाई लक्षित गरी आयोजना गरिएको महोत्सवमा दशैँको लागि आवश्यक घरायसी सामाग्री सहित खसी ,बोका र च्याङग्रा विक्रिका लागि राखिएको  छ । महोत्सव अवलोकनका लागि सर्वसाधरण दर्शकलाई रु ६० को टिकट तोकिएको छ, विदार्थीलाई ४० र ७० बर्ष माथिका ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ ।महोत्सवको ५ लाख दर्शकले अवलोकन गर्ने र करिब २ करोड बराबरको आर्थिक कारोबार गर्ने आयोजकले लक्ष्य लिएको छ ।