आजको मिती : २०७५ असोज ३१ बुधबार

समय :०१:२७

Logo

स्थानीय

Image

लायन्स महोत्सवमा आज पशुपति ,शकर, भुमिका र कमल आउने ,भलिबलमा राङ्गरुङ्ग र भानुभक्क्त ,बैदी र बाबियो डाँडा भिड्ने

दुलेगौँडा :- इतिहासमै पहिलो पटक लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले आयोजना गरेको प्रथम लायन्स महोत्सव मा तेस्रो दिन आइतबार १० लाख बराबरको आर्थिक कारोबार भएको छ । साथै ५ हजार दर्शकले महोत्सवको अवलोकलन गरेको महोत्सवका प्रवत्ता दुर्गा कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

 

महोत्सवमा तेस्रो दिन सुगम संगीत तर्फ चर्चित गायक हेमन्त शर्मा , गायिका साहिमा श्रेष्ठ, विजय पुन र लोक तथा दोहोरी तर्फ चर्चित लोक तथा दोहोरी शकर पन्त , कुष्ण सुवेदी र गायिका लक्ष्मी नेपालीले आप्ना चर्चित गीतहरु मार्फत दर्शक नचाएका थिए ।

 

साथै महोत्सवको चौथौँ दिन सोमबार (आज ) चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा ,शकर पन्त  स्टेट क्वुईन उपनाम पाएकी गायिका भुमिका गिरी र युवाहरुको ढुकढुकी पप गायक कमल खत्रीको विशेष प्रस्तुति रहने छ ।

 

गिरीले महोत्सवमा लौका चाख्ने मौका देउ, तिउन मिठो बनायो चुकैले , दियौ चुरोट दिएनौ सलाइ , गोरखपुरको सलाई , नरिसाउन कान्छू , मायाकै पिरलो जस्ता आप्नो चर्चित गीतहरु मार्फत तनहुँ बासीलाई मनोरञ्जन दिने रेडियो ढोरबाराही १०३।८ मेगाहर्जलाई जानकारी दिएकी छन् ।

महोत्सव असोज २७ गते सम्म सञ्चालन हुनेछ भने विभिन्न प्रकारका २०१ व्यापारिक स्टल रहने छन् । दशैँलाई लक्षित गरी आयोजना गरिएको महोत्सवमा दशैँको लागि आवश्यक घरायसी सामाग्री सहित खसी ,बोका र च्याङग्रा विक्रिका लागि राखिएको  छ । महोत्सव अवलोकनका लागि सर्वसाधरण दर्शकलाई रु ६० को टिकट तोकिएको छ, विदार्थीलाई ४० र ७० बर्ष माथिका ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ ।महोत्सवको ५ लाख दर्शकले अवलोकन गर्ने र करिब २ करोड बराबरको आर्थिक कारोबार गर्ने आयोजकले लक्ष्य लिएको छ ।

 

भलिबल सोमबार (आज) देखि

महोत्सवको नै मुख्य आकर्षणको रुपमा रहेको भलिबल प्रतियोगीता सोमबार देखि सुरु हुने आयोजकले जानकारी दिएको छ । आज हुने उद्धघाटन  खेलमा राङ्गरुङ्ग युवा समुह र भानुभक्त क्याम्पस विच प्रतिस्पर्धा हुनेछ । साथै दोस्रो खेलमा बैदी युनाइटेड युथ क्लब र बाबियो डाँडा ठकुरी समाज बिच खेल हुनेछ ।

  भलिबल प्रतियोगीतामा १७ टीमको सहभागीता रहेको छ । विजेता हुने टोलीले १ लाख ५ हजारको साथमा ट्रफी ,मेडल, प्रमाण पत्र प्राप्त गर्ने छन् । द्धीतिय र तृतिय हुनेले क्रमश ७५ हजार ,२० हजारको साथमा ट्रफी ,मेडल, प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै उत्कुष्ट खेलाडीको लागि विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।