आजको मिती : २०७५ असोज ३१ बुधबार

समय :०१:०९

Logo

स्थानीय

Image

लायन्स महोत्सवमा मंगलबार (आज) लाहुरे आउने

दुलेगौँडा :- तनहुँको शुक्लागण्डकी  ५ बेलचौतारामा जारी शुक्लागण्डकी लायन्स महोत्सवको पाँचौ दिन मंगलबार  (आज) चर्चित  ¥यापर आशिष राना लाहुरेको विशेष प्रस्तुति रहने भएको छ ।

 

"सामाजिक सेवा संगै आर्थिक विकासको पुर्वाधार ,लायन्स महोत्सव समृद्ध शुक्लागण्डकीको आधार" भन्ने नाराका साथ लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनको आयोजनामा भएको महोत्सवमा र्याप गीत संगीत मार्फत चर्चित बनेका लाहुरे आउने भएका हुन् । युवा पुस्तामा पछिल्लो समय निकै लोकप्रीय रहेका लाहुरले आफ्नो चर्चित गीतहरु मार्फत उपस्थितलाई  मनोरञ्जन दिने छन् ।

 

महोत्सवमा मंगलबार (आज) नै गायक बद्री पंगेनी, जीवन दाहाल माया गुरुङ रुपा घर्ती मगर, शंकर पन्त विजय पुनः लगायतको सांगितिक प्रस्तुती रहने कलाकार संयोजक सुजन श्रेष्ठले जानकारी दिएका छन् । असोज १९ देखि सुरु महोत्सव आगामी २७ गते सम्म सञ्चालन हुनेछ ।