आजको मिती : २०७५ असोज ३१ बुधबार

समय :१२:५२

Logo

स्थानीय

Image

भागरमा बुधबार (भोलि ) देखि खेलकुद प्रतियोतीता ,थापाले उद्धघाटन गर्ने

दुलेगौँडा :- भागर सिद्ध तथा नाग गुफा एवं शिवालय क्षेत्रको प्रचार प्रसार गर्ने उदेश्यले भागर युवा क्लबले आगोजना गरेको खुला ब्याडमिण्टन ,7 "A" साईड फुटबल तथा विविध सांस्कृतिक कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको भागर युवा क्लबका अध्यक्ष तिल बहादुर आले ले जानकारी दिएका छन् । 

 


उक्त प्रतियोगीताको भिमाद खेलकुद विकास समितीका अध्यक्ष प्रेम बहादुर थापाले उद्धघाटन गर्ने आयोजकले जानकारी दिएको छ । पुरुष डबल्स ,पुरुष एकल र महिला एकल ब्याडमिण्टन प्रतियोगीतामा ४० टीमको सहभागीता रहेको क्लबका सल्लाहार राजु मालले जानकारी दिए ।खुला ब्याडमिण्टन प्रतियोगीता २४ गते (भोलि) बुधबार  बिहान ७ बजे बाट भागर मगर समाजको कर्भड हलमा सञ्चालन हुनेछ ।

 

प्रतियोगीता मा पुरुष डबल्स प्रथम हुनेले क्रमश १० हजार ,७ हजारको साथमा शिल्ड मेडल प्राप्त गर्ने छन् । दर्ता शुल्क १५ सय लाग्नेछ । एकल पुरुष तर्फ प्रथम हुनेले ७ र द्धितीय हुनेले ५ हजारको साथमा ट्रफी मेडल प्राप्त गर्ने जनाइएको छ । दर्ता शुल्क ७ सय लाग्नेछ । महिला खुला एकल तर्फ प्रथम हुनेले ५ हजार र द्धितीय हुनेले ३ हजारको साथमाशिल्ड मेडल प्राप्त गर्ने  छन् । दर्ता शुल्क ५ सय लाग्नेछ ।

 

त्यसै गरी 7 "A" साईड फुटबल प्रतियोगीता भने २६ गते बाट सुरु हुनेछ ।  प्रतियोगीतको विजेताले १५ हजारको साथमा ट्रफी मेडल प्राप्त गर्ने छन् । द्धितीय हुनले १० हजार नगद प्राप्त गर्ने क्लबका सचिव सन्तोष थापाले जानकारी दिएका छन् । फुटबल तर्फ भने अहिले सम्म २० टीम सम्पर्कमा आएको क्लबका सचिव सन्तोष थापाले जानकारी दिएका छन् । भिमाद ८ भागरमा हुने प्रतियोगीतामा भागर आमा समुह र भागर बाल क्लब सह ९आयोजकको रुपमा रहेका छन् ।