आजको मिती : २०७५ असोज ३१ बुधबार

समय :०१:३३

Logo

स्थानीय

Image

तीनखोलेमा नवदुर्गा भागवत ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव आजबाट शुरु हुदै 

असोज २४, दुलेगौँडा । 

तनहुँको शुक्लागण्डकी-६ तीनखोले देवि मन्दिरमा आयोजित नवदुर्गा भागवत ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव आज बुधबारबाट शुरु हुदै छ । महायज्ञको सम्पुर्ण तयारी पुरा भएको छ । 


धार्मिक महोत्सवको गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले उद्धघाटन गर्ने भएका छन् ।यस अघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने भनिए पनि गुरुङको व्यवस्तताको कारण उपस्थित हुन नसकेको आयोजकले जनाएको छ । महायज्ञ तथा धार्मिक महोत्सवमा कालसर्प, तुलादान,सामुहिक ब्रतबन्ध,लाखबत्ती,ग्रहशान्ति लगायतका विविध धार्मिक अनुष्ठाहरु गरिने महायज्ञका प्रवक्ता अर्जुन सापकोटाले बताए । 


महायज्ञमा भक्तजनलाई आवतजावतमा सहज बनाउन स्थानिय श्रृङ्गार बस समितिसंग समन्वय गरेर समितिले खैरेनीटार हुलाक देखि मन्दिर परिसरसम्म दैनिक दुई वटा बस संचालन गर्ने सहमति गरेको छ । बस विहान ,दिउँसो र बेलुकी आलोपाले छुट्ने छ । महायज्ञ अवधिभर मन्दिरसम्म पुग्ने भक्तजनलाई लक्षित गरी बस संचालन गर्ने गरी सहमती गरिएको तिनखोले देवी पुजा व्यवस्थापन विकास समितिका अध्यक्ष एवं महायज्ञ मुल  समारोह समितिका संयोजक श्रीराम अधिकारीले बताए । 


तनहुँकै प्रसिद्ध धार्मिक स्थलको रुपमा पहिचान बोकेको तीन खाले देवी मन्दिरको अन्तराष्ट्रिय क्षेत्रमा समेत प्रचारप्रसार गर्ने र दशैँको समयमा भक्तजनहरुलाई नवदुर्गा भवानीको कथा सुनाएर पुण्य कमाउने वातावरण गर्ने उद्धेश्यले महायज्ञ संचालन गर्न लागिएको संयोजक अधिकारीले बताए ।महायज्ञाबट उठेको रकम मन्दिरको विकासमा गुरुयोजना बनाएर विकासमा लगाइने बताइएको छ ।  महायज्ञको प्रमुख वाचकमा भागवत रसिक युवा गुरु ऋषिराम महाराज जी रहेका छन् ।  

पृथ्वीराजमार्ग अन्र्तगत पर्ने खैरेनीटारबाट ६ किलो मिटरको दुरीमा तीनखोले देवी मन्दिर रहेको छ ।  महोत्सवको प्रचार प्रसार स्वरुप नै मंगलबार खैरेनीटार देखि तनहुँको सिमाना कोत्रे सम्म मोटर साईकल ¥याली समेत आयोजना गरिएको थियो। 

श्रीमद् देवीभागवत ज्ञान महायज्ञ तथा तीन खोले देवि धार्मिक महोत्सवमा २०७५ मा २५  लाख दान संकलन गरेर ५ हजार दर्शक भित्र्याउने लक्ष्य रहेको आयोजकले लक्ष्य लिएको छ । महायज्ञबाट संकलित रकम मन्दिरको विकासमा खर्च हुनेछ ।