आजको मिती : २०७५ असोज ३१ बुधबार

समय :१२:५२

Logo

खेलकुद

Image

भागरमा खेलकुद प्रतियोगीता सुरु ,पहिलो दिन ब्याडमिण्टन तर्फ २३ खेल सम्पन्न

दुलेगौँडा :-नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा भागर युवा क्लबले आयोजना गरेको खुल्ला ब्याडमिण्टन तथा 7 "A" साईड फुटबल प्रतियोगीता  बुधबारबाट सुरु भएको छ ।

 

 

बुधबारको भएको डबल्स पुरुष ब्याडमिण्टन प्रतियोगीतामा १२ खेल र एकल पुरुष तर्फ ११ खेल सम्पन्न भएको छ । डबल्स तर्फ देव र बरदान क्षेत्रीको समुहले बम बहादुर गमाल र प्रदिप सँग सेमिफाइनलमा भिड्ने छन् । साथै सेमिफाइनलमा पुग्ने अर्को दुई समुहको टुङ्गगो बिहीबार हुने खेलले लगाउने छ् । डबल्समा प्रथम र द्धितीय हुनेले क्रमश १० हजार , ७ हजारको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।साथै १८ टीमको सहभागीता रहेको छ ।

 

विहीबार नै भएको सिगल पुरुष तर्फ देव गुरुङ्ग,बरदान क्षेत्री सुरज राम्जाली सेमिफाइनलमा पुगेका छन् भने अर्को एक जनाको टुङ्गगो लाग्न बाँकी छ । सेमिफाइनलमा देव गुरुङ्ग र वरदान क्षेत्री भिड्ने भएका छन् । सुरज राम्जालीले भने सेमिफाइनलको लागि विहीबारको खेल कुर्नु पर्ने भएको छ । एकल पुरुष तर्फ प्रथम र द्धितीय हुनेले ७ हजार , ५ हजारको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने १६ टीमको सहभागीता रहेको छ । "7 A" साईड फुटलब प्रतियोगीता असोज २६ गते बाट सुरु हुनेछ ।

उत्त अवसरमा बोल्दै भिमाद नगर खेलकुद विकास समितीका अध्यक्ष प्रेम बहादुर थापाले स्वास्थय नै धन भएकाले स्वस्थय रहन खेल खेल्नु आवश्यक रहेको बताए । स्वस्थय रहयो भने जुन सुकै क्षेत्रमा सफल भइने भन्दै हरेक उमेर समुह कुनै न कुनै खेलमा आवद्ध हुन जरुरी रहेको बताए । पछिल्लो समय कला ,संस्कृति ,परम्परा लोप हुन लागेकाले त्यसको संरक्षण एक भएर लागन पर्ने बताएका थिए  ।

त्यसै गरी तनहुँ उधोग वाणिज्य जिल्ला सदस्य भिमसेन थापाले खेलले जिवनमा अनुशासन रहन सिकाउने भन्दै कुनै पनि खेलमा लाग्न आवश्यक रहेको बताएका छन् । साथै उनले फरक प्रसङ्गमा  भागरमा रहेको भागर सिद्ध तथा नाग गुफा र शिवालय क्षेत्रको प्रचार प्रसारको लागि आप्नो ठाउँबाट पहल गर्ने बताए ।कार्यक्रममा भिमाद नगरपालिका वडा नं ८ का वडा सदस्य ज्ञान बहादुर आले , समाजसेवि मोहन बहादुर थापा लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गदै खेलले एक आपसमा मित्रता बढाउने बताका थिए ।

 

 

क्बलका अध्यक्ष तिल बहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य क्लबका निर्वतमान अध्यक्ष शिव आले मगर र सञ्चालन सचिव सन्तोष थापाले गरेका थिए ।भिमाद नगरपालिका ८ मा रहेको भागर युवा क्लबले आयोजाना गरेको कार्यक्रममा भागर आमा समुह र भागर युवा क्लब सह आयोजकको रुपमा रहेको छ ।