आजको मिती : २०७४ मङ्सिर ७ बिहीबार

समय :०८:३६

Logo

अर्थ

Image

सामसङ ग्यालेक्सी म्याक्सको खरिदमा टेलिकमको निुशल्क सिमसँगै मासिक एक जिबी डाटा

साउन २३ -सामसुङ इलेक्ट्रोनिक्सले हालै सामसुङ ग्यालेक्सी जे सेभेन म्याक्स मोबाइल नेपाली बजारमा भित्र्याएको छ ।५.७ इन्चको एफएचडी डिस्प्ले भएको फोनमा नोगट ७.०.१ भर्सनको अपरेटिङ सिस्टम समावेश छ।४ जीबी र्याम तथा ३२ जीबी इन्टरनल मेमोरी रहेको फोनमा १.६ गिगाहर्ज अक्टाकोर प्रोसेसर छ।

त्यस्तै फोनमा एफ१.७ को लेन्स र फ्लयास् सहितको १३ मेगापिक्सेलको रियर तथा एफ१.९ को लेन्स र फ्लयास्सहितको सेल्फी क्यामेरा रहेको छ।३३०० एमएएच ब्याट्री क्षमता रहेको यस फोन ब्ल्याक र गोल्ड गरी दुई कलरमा उपलब्ध छ।

हालको अफर अन्तर्गत जे सेभेन म्याक्स सेट २८ हजार २ सय ९० मा खरिद गर्न सकिन्छ। नेपाल टेलिकम डाटा ग्राहकहरुका लागि थप सुविधा प्रदान गर्न, जे सेभेन म्याक्सले नेपाल टेलिकमसँग सहकार्य गरी जे सेभेन म्याक्स का ग्राहकहरुलाई ७ महिनासम्म प्रतिमहिना १ जिबीका दरले निःशुल्क डाटा तथा निःशुल्क सिमकार्ड प्रदान गरेको छ। निःशुल्क सिमकार्ड सामसुङ ब्राण्ड सपहरुबाट मात्र प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।