आजको मिती : २०७५ असोज ३१ बुधबार

समय :१२:५२

Logo

खेलकुद

लायन्स महोत्सवमा आयोजित वडास्तरीय भलिबल प्रतियोगीतामा आज सेमिफाइनलका खेल हुने

दुलेगौँडा , २५ असोज ।

प्रथम शुक्लागण्डकी लायन्स महोत्सवको अवसरमा आयोजित वडास्तरीय भलिबल प्रतियोगीतामा विहिबार सेमिफाइनलका खेलहरु हुने भएका छन् । पहिलो खेलमा नाइसा कन्ट्रक्सन बेलचौतरा र राङरुङ युवा समाजबीच खेल हुने भएको छ । दोस्रो खेलमा बैदी युवा क्लब र सेभेन बोइज गजरकोट भिड्ने भएका छन् । खेल विहान ८ बजेबाट शुरु हुने बताइएको छ ।


बधुबार भएको पहिलो क्वाटरफाइनल खेलमा फ्रेण्डसिप युथ क्लब बेलचौतरालाई २-१ सेटमा पराजित गर्दै राङ्गरुङ्ग युवा समाज सेमिफाइनलमा प्रवेश गरेको हो । 
त्यस्तै दोस्रो खेलमा चाङसिङ युवा क्बल स्याङ्जालाई २-० को सेटमा पराजित गर्दै बैदी युवा क्बल विजयी भएको छ  भने अन्य खेलहरुमा नाइसा कन्ट्रक्सन बेलचौतरा र सेभेन बोइज गजरकोट विजयी भएको छ । नाइसाले बराहडाँडालाई २-१ सेट र  सेभन बोइजले ढोरफिर्दी युवा क्लबलाई २-० सेटमा पराजित गरेको थियो ।


प्रतियोगीतामा १६ समुहले सहभागीता जनाएका थिए । प्रतियोगीताको विजेताले नगद १ लाख ५ हजारको साथमा ट्रफी ,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । उपविजेतालाई नगद ७५ हजार ,तृतियलाई २० हजार  र सान्त्वनालाई १० सहित ट्रफि , मेडल र प्रमाण पत्र प्रदान गरिने खेल उपसंयोजक ईश्वर श्रेष्ठले जानकारी दिएका छन् ।