आजको मिती : २०७५ पौष २ सोमबार

समय :०४:२२

Logo

स्थानीय

Image

लायन्स महोत्सव को छैठौँ दिन ५ हजार दर्शकले अवलोकन गरे, भलिबल प्रतियोगीता तर्फ सेमिफाइनल खेल आज बाट

दुलेगौँडा :-  तनहुँको बेलचौतरामा जारी प्रथम शुक्लागण्डकी लायन्स महोत्सव २०७५ को छैठौँ दिन ५ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा करिब १ लाख बराबरको आर्थिक कारोबर भएको महोत्सवका निर्देशक दिर्घ बहादुर थापाले जानकारी दिए ।महोत्सवमा बुधबार ज्योति मगर, चन्द्र शर्मा , रुपा घर्ती लगायतका चर्चित कलाकारहरुको प्रस्तुती रहेको थियो । महोत्सवमा बिहिबार आज आधुनिक गायक प्रमोद खरेल,लोक दोहोरी गायिका शोभा त्रिपाठी लगायतका कलाकारहरु को प्रस्तुति रहने छ ।

 

बुधबार विहान मधुमेह तथा युरिक एसिड सम्बन्धि स्वमस्थ्य शिविर संचालन गरिएको थियो । शिविरमा ८६ जनाले स्वास्थ्य परीक्षण गरेका थिए । त्यस्तै महोत्सव परिसरमा खुल्ला रक्तदान कार्यक्रम, हाडजोर्नी तथा नशा रोग सम्बन्धि स्वास्थ्य जाँच सम्बन्धित रोग विशेषज्ञ डा।जय बहादुर केसीद्धारा परीक्षण गरिने आयोजकले जनाएको छ । महोत्सवमा ५० जना अपाङ्ग अशक्त व्यक्तिलाई ह्लिचियर वितरण गर्ने कार्यक्रम अनुसार हालसम्म शुक्लागण्डकी ,म्याग्दे ,भिमाद लगायतका गाँउ तथा नगरपालिकाका २७ जनालाई प्रदान गरिएको छ ।त्यसै गरी क्लबमा आवद्ध भई विभिन्न क्षेत्रमा योगदान गर्न सफल चलचित्रका कलाकार गणेश श्रेष्ठ जिके , गायक शंकर पन्त र कक्षा ११ मा विद्यालय टप्न सफल पञ्चमुनप् देव माविकी सिंगा श्रेष्ठलाई दोसलाले सम्मान् समेत गरिएको थियो ।

 

भलिबल प्रतियोगीता तर्फ सेमिफाइनल खेल आज बाट

 

प्रथम शुक्लागण्डकी लायन्स महोत्सवको अवसरमा आयोजित वडास्तरीय भलिबल प्रतियोगीतामा विहिबार सेमिफाइनलका खेलहरु हुने भएका छन् । पहिलो खेलमा नाइसा कन्ट्रक्सन बेलचौतरा र राङरुङ युवा समाजबीच खेल हुने भएको छ । दोस्रो खेलमा बैदी युवा क्लब र सेभेन बोइज गजरकोट भिड्ने भएका छन् । खेल विहान ८ बजेबाट शुरु हुने बताइएको छ ।बधुबार भएको पहिलो क्वाटरफाइनल खेलमा फ्रेण्डसिप युथ क्लब बेलचौतरालाई २ १ सेटमा पराजित गर्दै राङ्गरुङ्ग युवा समाज सेमिफाइनलमा प्रवेश गरेको हो ।

त्यस्तै दोस्रो खेलमा चाङसिङ युवा क्बल स्याङ्जालाई २ ० को सेटमा पराजित गर्दै बैदी युवा क्बल विजयी भएको छ  भने अन्य खेलहरुमा नाइसा कन्ट्रक्सन बेलचौतरा र सेभेन बोइज गजरकोट विजयी भएको छ । नाइसाले बराहडाँडालाई २ १ सेट र  सेभन बोइजले ढोरफिर्दी युवा क्लबलाई २ ० सेटमा पराजित गरेको थियो ।