आजको मिती : २०७५ मङ्सिर २६ बुधबार

समय :०४:३१

Logo

स्थानीय

Image

तीनखोलेमा नवदुर्गा भागवत ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव शुरु, पहिलो दिन करिब ३ लाख दान संकलन

असोज २५, दुलेगौँडा ।

तनहुँको शुक्लागण्डकी-६ तीनखोले देवि मन्दिरमा आयोजित नवदुर्गा भागवत ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव आज बुधबारबाट शुरु भएको छ । धार्मिक महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले गण्डकी प्रदेशलाई नमुना पर्यटकिय प्रदेश बनाउन प्रदेश सरकार लागी परेको बताए ।

 

 

उनले यसका लागि यहाँको धार्मिक,प्राकृतिक ,साँस्कृतिक ,खेलकुद तथा साहसिक पर्यटनको उजागर र प्रचार प्रसार गर्दै  साँच्चिकै नमुना पर्यटकिय प्रदेश निमार्णमा अगाडी बढिरहेको बताए ।प्रदेश सरकारले पर्यटकिय नमुना प्रदेश निर्माणका निम्ति चालिरहेको पाइलामा स्थानियले तीनखोले देवीको प्रचार प्रचार र वृहत्तर विकास गर्दै पर्यटकिय गन्तव्य बनाउन गरेको पहल सराहनिय रहेको भन्दै जसरी पनि धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्नु पर्नेमा जोड दिए ।
 
उनले सन् २०२१ मा पोखरामा निर्माणधिन अन्तराष्ट्रिय विमानस्थल निमार्ण सम्पन्न  गरी अन्तराष्ट्रिय शुरु भएपछि पर्यटकको ओइरो लाग्ने बताए । यसैको आधारमा २०२२ लाई अन्तराष्ट्रिय पर्यटन महोत्सवको रुपमा मनाउने खाका तयार पारेको बताए ।उनले घुम्न आउने पर्यटकलाई घुम्ने र रम्ने होमस्टेको व्यवस्था गराउनु पर्ने भएकाले प्रदेश सरकारले प्रदेश भित्रका ३ सय गाँउलाई होमस्टे बनाउने अवधारणा ल्याएको बताए । उनले होमस्टे गाँउ हुन कम्तिमा पनि ५ घरमा पाहुना कोठा छुट्टै हुनु पर्ने र अर्गानिक कृषि उत्पादनमा जोडिएको हुनु पर्ने मापदण्ड बनाएको बताए ।

 

कार्यक्रममा प्रदेश साँसद आशा कोइरालाले तीनखोले देवीलाई धार्मिक पर्यटकिय केन्द्रको रुपमा विकास गर्नका लागि सवै एकजुट हुनु पर्ने बताए । उनले मन्दिरको विकासमा आफ्नो महत्वपुर्ण भुमिका रहने विश्वास् दिलाईन् ।त्यसै गरी शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले नगरलाई समृद्ध बनाउन धार्मिक तथा ऐतिहासिक स्थलको प्रचार र विकासमा नगरपालिकाले प्राथमिकता दिएको बताए ।


कार्यक्रममा शुक्लागण्डकी वडा नं ६ का वडाध्यक्ष कृष्ण बहादुर पौडेल ,नेकपाका मुत्तिः तिम्सिना, नेपाली काँग्रेसका नगर उपसभापति केशवराज पौडेल, महायज्ञ परामर्श समितिका संयोजक रामचन्द्र उपाध्याय  लगायतले मन्दिरको विकासमा सवै लागि पर्नु पर्नेमा  जोड दिएका थिए ।
मन्दिर विकास तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष श्रीराम अधिकारीले तनहुँकै प्रसिद्ध धार्मिकस्थल तीनखोले देवी मन्दिरको विकासका लागि महायज्ञ आयोजना गरिएको बताए । उनले प्रशस्त सम्भावना भइकन पनि प्रचार प्रसारको अभावका कारण पछाडी परेको भन्दै महायज्ञको माध्यमबाट देश तथा विदेशमा प्रचार गर्दै महायज्ञबाट संकलित रकम गुरु योजना बनाएर लगानी गर्ने भन्दै सवैको साथ र सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

 

महायज्ञको पहिलो दिन बुधबार २ लाख ९५ हजार ७ सय ३८ रुपैयाँ दान संकलन भएको छ । महायज्ञको बुधबार सवैभन्दा धेरै दान गर्ने शुक्लागण्डकी ६ जाम्दीका डिल्लीराम वाग्लेलाई सभा नायक बनाइएको थियो । उनले ५१ हजार १११ रुपैयाँ दान गरेका थिए ।
महायज्ञ तथा धार्मिक महोत्सवमा कालसर्प, तुलादान,सामुहिक ब्रतबन्ध,लाखबत्ती,ग्रहशान्ति लगायतका विविध धार्मिक अनुष्ठाहरु गरिने महायज्ञका प्रवक्ता अर्जुन सापकोटाले बताए । महायज्ञमा भक्तजनलाई आवतजावतमा सहज बनाउन  दैनिक रुपमा दुई वटा बस  संचालन गरिएको छ । बस विहान ,दिउँसो र बेलुकी आलोपाले छुट्ने छ । महायज्ञको प्रमुख वाचकमा भागवत रसिक युवा गुरु ऋषिराम महाराज जी रहेका छन् ।  


दानवीरको नामावली