आजको मिती : २०७५ मङ्सिर २६ बुधबार

समय :०३:५६

Logo

खेलकुद

Image

भागरमा खेलकुद प्रतियोगीता जारी ,ब्याटमिण्टन तर्फ सेमिफाइनल संस्करण पुरा ,शक्ररबार बाट फुटबल

दुलेगौँडा :- भागर युवा क्लबले आयोजना गरेको खुला ब्याडमिण्टन तथा 7 "A"साईड प्रतियोगीता एवं विविध सांस्कृतिक् कार्यक्रम अन्र्तगत ब्याडमिण्टन प्रतियोगीता तर्फको सेमिफाइनल संस्करण पुरा भएको छ ।

 

खुला डबल्स तर्फ कमल राना सुरज राम्जाली र भिमसेन थापा प्रताप श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन् । कमल राना र सुरज राम्जाली ले अमृत थापा र गोपाल श्रेष्ठलाई पराजित गदै फाइनलमा प्रवेश गरेको हो भने भिमसेन थापा र पताप श्रेष्ठ ले वरदान क्षेत्री देव गुरुङ्ग लाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । एकल पुरुष ब्याडमिण्टन प्रतियोगीता तर्फ अमृत थापा र देव गुरुङ्ग फाइनल प्रवेश गरेका छन् । अमृत थापाले सुरज राम्जाली लाई र देव गुरुङ्गले वरदान क्षेत्री लाई हराउँदै फाइनल प्रवेश गरेका हुन । 

 


त्यसै महिला ब्याडमिण्टन प्रतियोगीतामा डिल माया थापा कल्पना र अम्बिका आले फाइनल प्रवेश गरे । कल्पनाले आरती लाई र अम्बिकाले लक्ष्मी लाई हराउँदै फाइनल प्रवेश गरेका हुन् ।महिला तर्फ ८ जनाको सहभागीता रहेको थियो । फाइनल खेलहरु आगामी असोज २९ गते हुने भागर युवा क्लबका अध्यक्ष तिल बहादुर आले ले जानकारी दिएका छन् । 

 


पुरुष डबल्समा प्रथम हुनेले क्रमश १० हजार ,द्धितीयले ७ हजार , एकर्ल पुरुष तर्फ प्रथम हुनेले ७ हजार , द्धितीय हुनेले ५ हजार तथा महिला खुला एकल तर्फ प्रथम हुनेले ५ हजार र द्धितीय हुनेले ३ हजारको साथमा शिल्ड मेडल प्राप्त गर्ने  छन् ।7"A" साईड फुटबल प्रतियोगीता २६ गते शुक्रकार बाट हुनेछ ।

 

फुटबलमा १६ टीमको सहभागीता रहेको क्लबका सचिव सन्तोष थापाले जानकारी दिएका छन् । विजेताले १५ हजार र उपविजेताले १० हजारको साथमा ट्रफी मेडल प्रमाण पत्र प्राप्त गर्ने छन् । साथै असोज २९ गते ब्याडमिण्टन ,फुटबलको फाइनल खेल सँगै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको साथमा सांगितीक कार्यक्रम हुनेछ ।