आजको मिती : २०७५ मङ्सिर २६ बुधबार

समय :०३:५६

Logo

खेलकुद

Image

लायन्स महोत्सवमा जारी भलिबल प्रतियोगीताको उपाधि लागि राङ्गरुङ्ग र बैडी भिड्ने

दुलेगौँडा :- शुक्लागण्डकी  लायन्स महोत्सवमा जारी  खुल्ला भलिबल प्रतियोगीतामा राङ्गरुङ्ग युवा समुह र बैडी ब्वाईज युनिट फाइनल  प्रवेश गरेको छ  ।

 

राङ्गरुङ्ग युवा समुहले सेमिफाइनलमा नाईसा कन्ट्रक्सन लाई २५-२१ ,२५-१६ ,२६-२४ ले पराजित गदै फाइनल प्रवेश गरेको हो । बैडी ब्वाईज युनिटले सेभेन गाईज गजरकोटलाई सेमिफाइनलमा २६-२४ ,२५ -२१ ,२६-२८ ,२२-२५ ,१५-११ ले पराजित गरेको थियो ।

शुत्रबार (भोलि)पहिलो खेल तेस्रो र सान्तवना स्थानका लागि नाईसा कन्ट्रक्सन र सेभेन गाईग गजरकोट भिड्ने छन् । त्यसै अर्को खेलमा उपाधिको लागि राङ्गरुङ्ग युवा समुह र बैडी ब्वाईज युनिट एक अर्को विरुद्ध खेल्ने छन् । 

 


प्रतियोगीताको विजेताले १ लाख ५ हजारको साथमा ट्रफी ,मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक प्रेम बहादुर श्रेष्ठले जानकारी दिए । साथै द्धितीय ,तृतिय र सान्तवना हुनेले क्रमश ७५ हजार ,४० हजार र १० हजारको साथमा ट्रफी ,मेडल र प्रमाण पत्र प्राप्त प्रदान गरिने छ । साथै उत्कुष्ट खेलाडीको लागि विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।