आजको मिती : २०७५ असोज ३१ बुधबार

समय :१२:५१

Logo

स्थानीय

Image

लायन्स महोत्सवमा आज शुक्रबार प्रकाश सपुत र द एज व्याण्ड आउने

असोज २६, दुलेगौँडा ।

तनहुँको बेलचौतरामा संचालित प्रथम शुक्लागण्डकी लायन्स महोत्सवमा शुक्रबार प्रकाश सपुत र द एज व्याण्डको लाइभ कन्सर्ट हुने भएको छ । पछिल्लो समय निकै चर्चामा रहेका मोडल तथा गायक प्रकाशको प्रस्तुती हेर्न दर्शक आतुर रहेको आयोजकले बताएको छ  । साथमा अन्य स्थानिय तथा चर्चित कलाकार को प्रस्तुती रहनेछ । साँझ ६ बजे देखि द एज व्याण्डले बेलचौतरा झुमाउने भएको छ ।

विहिबार खुल्ला रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सामाजिक सेवासंगै आथिक पुर्वाधार,समृद्ध शुक्लागण्डकीको आधार भन्ने नाराका साथ आयोजित महोत्सवमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसंगै सामाजिक कार्यहरु पनि संचालन भइरहेका छन् ।


पोखरा रक्त संकलन केन्द्रको प्राविधिक सहयोगमा विहिबार महोत्सव परिसरमा भएको खुल्ला रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन भएको छ ।त्यसै गरी विहिबार नै भएको निशुल्क स्वास्थ्य परीक्षणमा ७८ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा फेवासिटी हस्पिटलका हार्डजोर्नी ,नशा तथा मानसिक रोग विशेषज्ञ डा। जय बहादुर खत्रीले स्वास्थ्य परीक्षण गरेका थिए ।


महोत्सव मुल समारोह समितिका संयोजक प्रदिप थापाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब ३२५बी वान एओजी लायन सुचित्रा थापाले कार्यक्रमको उद्घाटन गरेकी थिइन् । रक्तदान कार्यक्रमका संयोजम देवी रानाले स्वागत गरेको कार्यक्रमको संचालन क्लबका सचिव क्षेत्र बहादुर थापा क्षितिजले गरेका थिए ।महोत्सवमा विहिबार सुगमसंगीत गायक प्रमोद खरेल ,लोक दोहोरी गायिका शोभा त्रिपाठी लगायतको प्रस्तुती राखेका थिए ।