आजको मिती : २०७५ असोज ३१ बुधबार

समय :१२:५०

Logo

स्थानीय

Image

तीनखोलेको महायज्ञमा दोस्रो दिनसम्म साढे ५ लाख बढी दान संकलन

असोज २६, दुलेगौँडा ।
तनहुँको शुक्लागण्डकी-६ तीनखोले देवि मन्दिरमा आयोजित नवदुर्गा भागवत ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवको दोस्रो दिन  २ लाख ६० हजार दान संकलन भएको छ । विहिबार  खैरेनीटार निवासी अर्जुन सापकोटाले १ लाख १ हजार १११ रुपैयाँ दान गरेका छन् । सापकोटालाई आजको सभा नायक सहित सम्मान् गरिएको थियो । महायज्ञमा शुक्लागण्डकी ,म्याग्दे र भिमाद लगायत लम्जुङ ,काठमाण्डौ लगायतको स्थानबाट पनि दान आउने क्रम जारी छ भने विभिन्न टोल विकास संस्था, विद्यालय, आमा समुह र युवा क्लबले समेत दान गरेका छन् । दोस्रो दिन सम्म ५ लाख ५५ हजार दान संकलन भएको छ ।


त्यस्तै महायज्ञ अवधिभर ५ हजार दर्शक भित्र्याउँदै करिब २५ लाख दान संकलन गर्ने आयोजकको लक्ष्य रहेको छ । महायज्ञबाट संकलित रकम मन्दिरको बृहत्तर विकासमा खर्च गरिने भएको छ ।महायज्ञ मुल समारोह समितिका  संयोजक श्रीराम अधिकारीले लक्ष्यमा पुग्न त्यस्तो ठुलो चुनौती नरहेको बताए । उनले भक्तजनहरुको उत्साहजनक सहभागीताले आफुहरु पनि उत्साहित भएको र दशैँको बेलामा आयोजिक नवदुर्गा भागवत् ज्ञान महायज्ञमा सहभागी भएर पुण्य लाभ गर्न पनि भक्तजनलाई आग्रह गरेका छन् ।


असोज ३० गतेसम्म संचालन हुने महायज्ञमा भक्तजनलाई आवत जावतको लागि खैरेनीटार हुलाक देखि मन्दिरसम्म दुई वटा बस संचालन गरिएको छ ।  महायज्ञ तथा धार्मिक महोत्सवमा कालसर्प, तुलादान,सामुहिक ब्रतबन्ध,लाखबत्ती,ग्रहशान्ति लगायतका विविध धार्मिक अनुष्ठाहरु गरिने महायज्ञका प्रवक्ता अर्जुन सापकोटाले बताए । महायज्ञको प्रमुख वाचकमा भागवत रसिक युवा गुरु ऋषिराम महाराज जी रहेका छन् ।