आजको मिती : २०७५ मङ्सिर १ शनिबार

समय :०२:२८

Logo

खेलकुद

Image

लायन्स महोत्सवमा आयोजित भलिबलको उपाधि राङ्गरुङ्ग युवा समुहको पोल्टामा

असोज २७, दुलेगौँडा ।

शुक्लागण्डकी लायन्स महोत्सवमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगीताको उपाधि राङ्गरुङ्ग युवा समुह जितेको छ । शुक्रबार भएको फाइनलमा बैडी ब्वाइज युनिटलाई २५ -२२ ,१८-२५ ,२५ -२३ ,२६-२४ ले हराउँदै राङ्गरुङ्गले उपाधि जितेको हो ।

उपाधि विजेता राङ्गरुङ्गले १ लाख ५ हजारको साथमा ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएको छ । उप विजेता बनेको बैडी ब्वाइज युनिटले नगद ७५ हजारको साथमा ट्रफी ,मेडल र प्रमाण हात पारेको छ ।

त्यसैगरी तेस्रो स्थानको लागि भएको खेलमा २५-१० ,२५ -२० ,२३-२५ ,२१-२५ , १५-१० को अन्तरमा नाईसा कन्ट्रक्सन बेलचौतरालाई पराजित गदै सेभेन गाईज गजरकोट तृतिय हुन सफल भएको छ भने नाईसाले सान्तवना स्थानमा चित बुझाएको छ ।

तृतिय हुन सफल सेभेन गाइज र नाइसाले क्रमश २० हजार र १० हजारको साथमा ट्रफी मेडल प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रतियोगीतामा सर्वोतकृष्ट खेलाडी राङ्गरुङ्गका लेख मान श्रेष्ठ घोषित भए । उनले आकर्षक पुरस्कार हात पारे भने गजरकोटका धन बहादुर कुमालले वेष्टस्पाईकरको उपाधि पाए । पुरस्कार महोत्सव समापन हुने दिन असोज २८ गते वितरण गरिने खेल संयोजक प्रेम बहादुर श्रेष्ठले जानकारी दिए ।  प्रतियोगीतामा १७ टीमको सहभागीता रहेको थियो ।