आजको मिती : २०७५ मङ्सिर १ शनिबार

समय :०२:२७

Logo

खेलकुद

Image

गुर्दुममा गाँउ तथा वडास्तरीय भलिबल प्रतियोगीताको उद्घाटन 

असोज २७, दुलेगौँडा ।
सहारा युवा क्लब शुक्लागण्डकी ९ गुर्दुमले दशैँको अवसरमा आयोजना गरेको गाउँ तथा वडास्तरीय पुरुष भलिवल प्रतियोगीता शुक्रबार देखि शुरु भएको छ । प्रतियोगीताको उद्घाटन खेलमा घारी र सिम्लेबीच खेल भएको थियो । जस्मा २९-२७ र २५-१८ को सोझो सेटमा सिम्लेलाई पराजित गर्दै घारी अघिल्लो चरणमा प्रवेश गरेको छ । 
प्रतियोगीताको आगामी ३० गते फाइनल हुने भएको छ । प्रतियोगीताको विजेताले ३० हजार ,उपविजेताले २० हजार र तृतिय हुनेले १० हजारको साथमा मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् । 


यस अघि प्रतियोगीताको उद्घाटन गर्दै वडा नं-९ का वडा सदस्य डिल बहादुर थापाले खेलकुदको माध्यमबाट युवाहरु एकतावद्ध भएर विकास निमार्णमा पनि लाग्नु पर्ने बताएका थिए । क्लबका अध्यक्ष हुकुम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लिलाचोक टोल विकास संस्थाका अध्यक्ष नारायण पोख्रेल,क्लबकी सल्लाहकार सन्तु माया ढकाल ,खड्क बहादुर गुरुङ लगायतले बोलेका थिए ।