आजको मिती : २०७५ मङ्सिर १ शनिबार

समय :०२:४७

Logo

खेलकुद

Image

दुलेगौँडामा दशै कप सेभेन ए साइड फुटबल प्रतियोगीता शुरु

असोज २८,दुलेगौँडा ।

तनहुँको दुलेगौँडामा आयोजित दशैँ कप सेभेन ए साइड फुटबल प्रतियोगीता शनिबार देखि शुरु भएको छ ।शुक्लगण्डकी युवा क्लब दुलेगौँडाले आयोजना गरेको सातौँ संस्करणको फुटबल प्रतियोगीताको शनिबार पुर्व वनमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले उद्घाटन गरेका थिए । नेता भण्डारीले खेलकुदको विकास र प्रवद्र्धन गर्न स्थानिय तह देखि नै प्रभावकारी रुपमा लाग्नु पर्ने बताउँदै खेलकुदको विकासमा उद्योगी व्यवसायी स्थानिय तहले पनि लगानीमा सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाइलीले खेलकुदले स्वास्थ्यसंगै अनुशासनमा रहन अभिपे्ररित गर्ने बताउँदै खेलकुदको विकासमा नगरपालिकाले पनि महत्व दिएको बताइन् ।

 

 


शनिबार भएको उद्घाटन खेलमा आयोजक शुक्लगण्डकी 'सी' ले थर्पु युवा क्बललाई २-0 गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । शुक्लगण्डकीले पहिलो र दोस्रो हाफमा १/१ गोल गरेको थियो ।


त्यस्तै दोस्रो खेलमा नवप्रभात युवा क्लब तालबेँसी मालेबगरलाई ४-१ को गोल अन्तरमा पराजित गर्दै नमुना युवा क्लब गाछेपानी विजयी भएको छ ।
प्रतियोगीतामा २८ टोलीले सहभागीता जनाएका छन् । प्रतियोगीताको विजेताले १ लाख ११ हजार १११ रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले ६६ हजार ६६६ रुपैयाँ सहित कप मेडल प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।


त्यसै गरी प्रतियोगीताको अवसरमा शनिबार शुक्लागण्डकी नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिबीच भएको मैत्रीपुर्ण फुटबल खेलमा जनप्रतिनिधिको टोली विजयी भएको छ । जनप्रतिनीधिले ६-१ को फराकिलो गोल अन्तरमा कर्मचारीको टोलीलाई पराजित गरेको हो ।विजेता जनप्रतिनिधिले खसी उपहार प्राप्त गरेको छ ।


त्यस्तै ३५ बर्ष माथिको पुरुष भेन्ट्रान्सको खेल पनि आइतबार दिउँसो ४ बजेबाट शुरु हुने क्लबका अध्यक्ष युवराज भट्टराइले जानकारी दिए । भलिबल तर्फको विजेताले खसी ,ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार पाउने भएको छ भने उपविजेतालाई बोका सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।दोस्रो दिन विहान ८ बजेबाट खेल भइरहेको उपाध्यक्ष विनोद राउतले बताए ।खेल पञ्चमुनी देवमाविको प्राङ्गणमा भइरहेको छ ।