आजको मिती : २०७५ मङ्सिर १ शनिबार

समय :०२:३२

Logo

खेलकुद

Image

दुलेगौँडामा जारी दशैँ कप सेभेन ए साइड फुटबल प्रतियोगीतामा ९ खेल सम्पन्न

असोज २९, दुलेगौँडा ।

शुक्लगण्डकी युवा क्लबको आयोजनामा दुलेगौँडामा जारी सातौ संस्करणको दशैँ कप सेभेन ए साइड फुटबल प्रतियोगीतामा आइतबार ९ खेल सम्पन्न भएका छन् । पहिलो खेलमा कवासे युनाईटेड युथ क्बलले लाफा युथ क्बलाई पराजित गर्दै अघिल्लो चरण प्रवेश गरेको छ । लाफालाई कवासेले ५–० गोलअन्तरले पराजित गर्न सफल भएको हो । कवासेको तर्फबाट विश्वास श्रेष्ठ एक्लैले ५ गोल गरेका हुन् । प्रतियोगितामा पहिलो ह्याट्रिक गरेका श्रेष्ठ राष्ट्रियस्तरका खेलाडी हुन । श्रेष्ठले हाल दशैका कारण स्थगित भएको  शहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबबाट खेलेका छन् ।   


अर्को खेलमा भिमाद युथ क्लबले भ्याली युथ क्लबलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित ग¥यो । नमुना युवा क्लबले ढोरबाराही युवा क्लबलाई २–० गोल अन्तरले स्तब्ध पार्दै अघिल्लो चरणको यात्रा कायम राखेको छ । कन्टिनेन्टल युथ क्लबले काहुँ मिलन युवा क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको खेल संयोजक भोज आलेले जानकारी दिए । 

यस्तै गरी ए फोर स्टारलाई आदर्श युवा क्लबले १–० गोलअन्तरले पाखा लगायो । नमस्ते एक्सप्रेसले नवयुनाईटेड युवा क्लबलाई १–० गोल अन्तरले पारजित गरेको थियो । फ्रेन्डसिप युथ क्लबले  जि स्टारलाई २–३ ले पराजित गरेको छ । जिडब्लुएफलाई थर्पु युवा क्लबले २–१ ले पराजित गर्न सफल भएको छ । अन्तिम खेलमा आयोजक शुक्लगण्डकी युवा  क्बलको रातो समुहलाई २–१ ले पराजित गरी जनसेवा युवा क्लब दोस्रो चरण प्रवेश गरेको छ ।
सोमबार ७ वटा खेल हुने क्लबका अध्यक्ष युवराज भट्टराइले जानकारी दिए । उनका अनुसार खेल विहान  ८ बजेबाट हुने छ ।प्रतियोगीताको विजेताले १ लाख ११ हजार १११ रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले ६६ हजार ६६६ रुपैयाँ सहित कप मेडल प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्तै गरी ३५ बर्ष माथिको पुरुष भेन्ट्रान्स भलिबल प्रतियोगीता पनि आइबार देखि शुरु भएको छ । आइतबार भएको उद्घाटन खेलमा रोटरी क्लब अफ शुक्लागण्डकीलाई २५-११ र २५-१८ को सोझो सेटमा पराजित गर्दै लामेआहालको  भेन्ट्रान्स समुह अघिल्लो चरण प्रवेश गरेको छ । 
भलिबलमा ८ टिमले सहभागीता जनाएका छन् ।भलिबल तर्फको विजेताले खसी ,ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार पाउने भएको छ भने उपविजेतालाई बोका सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । खेल पञ्चमुनी देवमाविको प्राङ्गणमा भइरहेको छ ।