आजको मिती : २०७५ मङ्सिर १ शनिबार

समय :०२:३०

Logo

खेलकुद

Image

दुलेगौँडामा जारी दशैँ कप सेभेन ए साइड फुटबलको आज(बुधबार) फाइनल 

असोज ३१,दुलेगौँडा ।

शुक्लगण्डकी युवा क्लबको आयोजनामा दुलेगौँडामा जारी सातौ संस्करणको दशैँ कप सेभेन ए साइड फुटबल प्रतियोगीतामा क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन्। मंगलबार भएको पहिलो  खेलमा नमस्ते एक्सप्रेसलाई पराजित गरी फ्रेण्डसिप युवा क्लब बेलचौतरा विजयी भएको छ ।फ्रेण्डसिपले नमस्ते एक्सप्रेसलाई ट्राइबेकरमा ३-२ गोल अन्तरले पराजित गरेको हो । खेलमा नमस्ते एक्सप्रेसका अनिल तामाङ म्यान अफ दि म्याच घोषित भए ।


अर्को खेलमा प्रगति युवा क्लब भिमादलाई ३-० गोल अन्तरले पराजित गर्दै कवासे युनाइटेट सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा कवासेका फरवार्ड विश्वास श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।


त्यस्तै नमुना युवा क्लब बी गाछेपानीलाई पेनाल्टी सुट आउटमा ५-४ गोलअन्तरले हराउँदै आयोजक शुक्लगण्डकी निलो सेमिफाइनलमा प्रवेश गरेको छ ।खेलमा शुक्लगण्डकीका गोलकिपर आशिष गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

 

डिवाईसी दुलेगौँडालाई २-० ले पराजित गरी थर्पु विजयी भएको खेल संयोजक भोज आलेले जानकारी दिए । खेलमा थर्पुका मनिष श्रेष्ठ  म्यान अफ दि म्याच घोषित भए भने अन्तिम खेलमा फ्रेण्डसीप युथ क्लब बेलचौतरालाई २-० ले पाखा लगाउँदै नमुना युवा क्लब ए गाछेपानी सेमिफाइनलमा पुगेको छ । खेलमा नमुनाका हेमन्त तामाङ म्यान अफ दि म्याच घोषित भएका थिए ।

 

सेमिफाइनल बुधबार विहान ८ बजेबाट हुनेछ । बुधबार नै दिउँसो २ बजेबाट फाइनल खेल हुने संयोजक आलेले बताए ।

प्रतियोगीताको विजेताले १ लाख ११ हजार १११ रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले ६६ हजार ६६६ रुपैयाँ सहित कप मेडल प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
 
यस्तै गरी ३५ बर्ष माथिको पुरुष भेन्ट्रान्स भलिबल प्रतियोगीतामा सेमिफाइनल खेल सम्पन्न भएको छ । मंगलबार विहान भएको सेमिफाइनलमा राम बजार पोखरा विजयी हुदै फाइनल प्रवेश गरेको छ । सेमिफाइनलमा रामबजारले लामेआहाललाई ३-० को सोझो सेटमा पराजित गरेको हो । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा आयोजक शुक्लगण्डकी युवा क्लबको भेन्ट्रान्स समुहलाई ३-० को सोझो सेटमा पराजित गरी ढोरफिर्दी फाइनलमा प्रवेश गरेको छ । फाइनल खेल बुधाबर विहान १० बजे हुने आयोजकले बताएको छ ।


भलिबलमा ८ टिमले सहभागीता जनाएका छन् ।भलिबल तर्फको विजेताले खसी ,ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार पाउने भएको छ भने उपविजेतालाई बोका सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । खेल पञ्चमुनी देवमाविको प्राङ्गणमा भइरहेको छ ।