आजको मिती : २०७५ मङ्सिर १ शनिबार

समय :०२:२८

Logo

खेलकुद

Image

गुर्दुम गाउँ तथा वडास्तरीय भलिवल प्रतियोगीताको उपाधि बाबियो डाँडालाई

असोज ३१, दुलेगौँडा ।
सहारा युवा क्लब शुक्लागण्डकी-९ ,गुर्दुमले दशैँको अवसरमा आयोजना गरेको गाउँ तथा वडास्तरीय पुरुष भलिवल प्रतियोगीताको उपाधि बाबियो डाँडा ठकुरी समाजले जितेको छ । बुधबार भएको फाइनल खेलमा आयोजक सहारा युवा क्लबलाई २-० को सोझो सेटमा पराजित गरी बाबियो डाँडाले उपाधि जितेको हो । उपाधिसंगै बाबियो डाँडाले ३० हजार नगद र प्रमाणपत्र हात पारेको छ । उपविजेता आयोजकलाई नगद २० हजार र तृतिय हुन सफल लामा गाँउ युवा क्लबलाई १० हजार र प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगीतामा १४ समुहले सहभागीता जनाएका थिए ।

 

विजेतालाई पुरस्कार वितरण गर्दै वडाध्यक्ष लोक नारायण श्रेष्ठले वडालाई खेलको माध्यमबाट परिचित गराउँदै पर्यटक भित्र्याउनु पर्नेमा जोड दिए । वडामा खेलकुदको विकासका लागि वडाले बजेट विनियोजन गर्दा खेललाई पनि प्राथमिकता दिएको भन्दै युवाहरुलाई खेलसंगै सामाजिक विकासमा पनि सक्रिय हुन आग्रह गरे ।क्लबका अध्यक्ष हुकुम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदीय डिल बहादुर थापा, खबरबारी टोल विकास संस्थाकी अध्यक्ष गीता राना ,सचिव खड्क बहादुर गुरुङ लगायतले बोलेका थिए । प्रतियोगीता सम्पन्न गर्न वडाले ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।