आजको मिती : २०७५ मङ्सिर १ शनिबार

समय :०२:५०

Logo

स्थानीय

Image

सबै जाति ,धर्म र संस्कृतिलाई सम्मान गर्नुपर्छ :- सांसद सिग्देल


दुलेगौँडा १७, कार्तिक ।

प्रतिनिधि सभाका साँसद केदार सिग्देलले नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक देश भएकाले सवै जाति, भाषा र संस्कृतिको सम्मान् गर्नु पर्ने बताए । शुक्रबार तनहुँको शुक्लागण्डकी वडा नं-६ कार्यालयले दशै ,तिहार ,छठ, नेपाल संम्वत लगायत पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । उनले आफ्नै जाति ठुलो, आफुले मान्ने धर्म, संस्कृति नै सवैभन्दा राम्रो भन्न थालियो भने देशमा जातीय द्धन्द्ध निम्तिने बताउँदै चार्डपर्वले सवैमा एकता,सद्भाव र भातृत्वका लागि भुमिका खेल्ने उनको भनाई थियो ।

 

फरक प्रसङ्गमा उनले नेपालमा महत्वपुर्ण निर्णय लिने समयहरुमा जात जातिको र भाषा भाषीकोबीच डढेलो सल्काउने काम शुरु हुने गरेको बताए । प्रदेश सरकारलाई सवै स्वतन्त्रता दिइएको भए प्रदेश नं-२ अहिले छुट्टै देश बनिसकेको र हिन्दी भाषा राष्ट्रिय भाषाको रुपमा घोषणा भइसकेको हुन्थ्यो,अहिले छुट्टै प्रहरी ऐन बनिसकेको छ, उनले भने धन्न केहि अधिकार केन्द्रले राखेको हुदाँ घोषणा भइसकेको छैन ।"


प्रदेश साँसद आशा कोइरालाले शुभकामना दिदै राष्ट्रिय एवं भावनात्मक एकता, भातृत्व तथा सामाजिक विकासमा लाग्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरिन् । त्यस्तै कार्यक्रममा नेकपाका नेता शेषमणी आचार्य ,शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाइली,नेकपाका जिल्ला संयन्त्र सदस्य राजेन्द्रकेशरी न्यौपाने,वडा नं ७ का वडाध्यक्ष राम बहादुर क्षेत्री थापा,नेपाली काँग्रेसका नगर सभापति माधव भट्टराई, नेकपाका नगर संयन्त्र सदस्यद्धय रामचन्द्र उपाध्याय, खुम बहादुर वि।क, राष्ट्रिय जनमुक्ति पार्टीका नगर अध्यक्ष जय बहादुर थापा, तनहुँ उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष हरि बहादुर थापा,खैरेनी मा।विका प्रधानाध्यापक केशवराज घिमिरे लगायतले राजनीतिक,सामाजिक ,जातिय, धार्मिक विभेदको विरुद्धमा लड्दै समृद्ध नेपाल निमार्णको लक्ष्यमा एकतावद्ध भई हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताए ।


वडाध्यक्ष कृष्ण बहादुर पौडेलको सभापतित्वमा भएको कार्यक्रममा स्वागत वडा सदस्य बुद्धि बहादुर थापाले र संचालन कल्पना गैह्रेले गरेकी थिइन् । कार्यक्रममा राजनीतिक दल,जनप्रतिनीधि,नागरिक समाजका प्रतिनिधि ,उद्योगी व्यवसायी, पत्रकार लगायतको सहभागीता रहेको थियो ।