आजको मिती : २०७५ मङ्सिर १ शनिबार

समय :०२:४१

Logo

स्थानीय

Image

शुक्लागण्डकी मगर संघद्धारा शुभकामना आदान-प्रदान एव युवा सम्मान कार्यक्रम 

दुलेगौँडा १७, कार्तिक ।

नेपाल मगर संघ शुक्लागण्डकीले दशै तिहार ,छठ लगायतका चार्डपर्वको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ । शनिबार खैरेनीटारमा आयोजित कार्यक्रमको अवसरमा शुभकामना आदान प्रदान ,लागु औषध दुव्र्यसनीको असर तथा न्युनिकरणको उपाय शिर्षकमा वक्तृत्व कला प्रतियोगीता , युवा सम्मान् तथा विविध साँस्कृतिक कार्यक्रमहरु गरेको छ ।सो अवसरमा बोल्दै नेपाल मगर संघ तनहुँका अध्यक्ष सिद्धान्त थापा मगरले जातिय एकतामा जोड दिदै जातीयता भन्दा पार्टी ठुलो नहुने बताए । उनले मगरहरु सचेत, समृद्ध,संर्घषशील र राज्यका प्रमुख अंगहरुमा समान सहभागीता एवं हैसियतमा पुग्न आवश्यक रहेकोमा जोड दिए ।


कार्यक्रममा घिरिङ गाँउपालिकाका अध्यक्ष गिर बहादुर थापा, नेकपाकी महिला नेतृ रेखा थापा बस्याल, नेपाल मगर संघ भिमादकी अध्यक्ष पवित्रा थापा, मगर संघ म्याग्दे गाउपालिकाकी अध्यक्ष नर माया थापा, सुर्य बहादुर थापा, रि बहादुर थापा, संघका पुर्व अध्यक्ष खड्क सिं थापा लगायतले मगरभित्रको कमजोरी औल्याँउदै र सुधार्दै परिमार्जित रुपमा मगर मौलिका भित्र नाच्न,हाँस्न र बाच्न सक्नु पर्ने बताए ।


कार्यक्रमको अवसरमा आयोजित वक्तृत्वकलामा दुलेगौँडा मगर समाजकी पुजा राना प्रथम, नयाँगाउँ मगर समाज शुक्लागण्डकी-५ की मुना थापा द्धितिय, मालेबगर मगर समाज शुक्लागण्डकी ८ की विपना थापा तृतिय र लाङघाली मगर समाज एकान्त कुनाकी आश्मा आले सान्तवना भइन् । प्रतियोगीतामा नगरभित्रका विभिन्न मगर समाजको प्रतिनिधित्व गर्दे १९ जनाले सहभागीता जनाएका थिए । त्यस्तै कार्यक्रममा मगर युवाहरुलाई हौसला दिने उद्धेश्यले नगरभित्रका मगर समुदायबाट डाक्टर ,इन्जिनियर, पत्रकार ,व्यवसायी लगायत विभिन्न पेसा व्यवसायमा आवद्ध भई सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै ८८ जना युवाहरुलाई सम्मान् गरिएको थियो ।

 

मगर संघ शुक्लागण्डकीका अध्यक्ष सुमन आलेको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन सचिव पुर्ण बहादुर आलेले गरेका थिए । कार्यक्रममा मगर समुदायको मौलिक कौराह प्रस्तुत गरिएको थियो ।