आजको मिती : २०७५ मङ्सिर १ शनिबार

समय :०२:२९

Logo

स्थानीय

Image

शुक्लागण्डकीमा पनि माघमा आदिवासी जनजाति महोत्सव हुने

कार्तिक १९, दुलेगौँडा

नेपाल आदिवासी जनजाति महासंघ  नगर समन्वय समिति शुक्लागण्डकीले माघे संक्रान्ति पर्वलाई लक्षित गरी कृषि,पर्यटन तथा साँस्कृतिक आदिवासी जनजाति  महोत्सव गर्ने भएको छ ।सोमबार बेलचौतरामा बसेको समितिको बैठकले महोत्सव आयोजना गर्ने निणर्य गरेको हो ।

आदिवासी जनजातिको शैक्षिक तथा आर्थिक विकास, जनजाति संग्राहलय निमार्ण  ,अग्रज र अनुज आदिवासी जनजातिहरुलाई एकताको सुत्रमा बाँधी संस्कृति संरक्षणमा लगाउने उद्धेश्यले महोत्सवको आयोजना गर्ने निर्णय गरेको नगर परिषद्का अध्यक्ष विमल जिसीले बताए ।


उनका अनुसार जिल्लामा हुदै गरेका महोत्सव भन्दा यो महोत्सव फरक र नयाँ हुने छ । उनले भने-“यो महोत्सव अन्य भन्दा फरक किसिमको हुनेछ,हामी हाम्रो संस्कृतिलाई प्राथमिकतामा राखेर जानेछौँ, ।“महोत्सव गर्ने यकिन मिति र स्थान तय गर्न समितिको बृहत बैठक मंसिर पहिलो हप्ता बस्ने भएको छ ।

 

साथै कार्तिक ३० देखि दमौलीमा हुने आदिवासी जनजाति महोत्सवमा हरेक जनजाति समुदायबाट झाँकी सहित सहभागी हुने निर्णय पनि बैठकले गरेको छ ।