आजको मिती : २०७५ मङ्सिर १ शनिबार

समय :०२:२७

Logo

स्थानीय

Image

होमस्टे गाउँ दगाममा सडक बत्ति

कार्तिक १९, दुलेगौँडा ।

नगरपालिकाको वडा नं-२ मा रहेको प्रसिद्ध दगाम गाउँमा होम स्टे प्रवद्र्धन कार्य    क्रम अन्तर्गत सडक वत्ति जडान गर्ने कार्य शुरु गरिएको छ । रोटरी क्लव अफ शुक्लागण्डकीको संयोजनमा उक्त गाउँलाई नमुना होम स्टेको रुपमा विकास गर्न विविध सहयोग तथा कार्यक्रम गर्ने योजना अनुसार शुक्लागण्डकी विद्युत तथा प्लम्वर एसोसियसनको आर्थिक सहयोगमा १६ थान सडक वत्ति सहयोग गरिएको हो । आईतवार एक कार्यक्रमका विच वडा सदस्य दान बहाहदुर थापा मार्फत स्थानीय गाउँललेलाई हस्तान्तरण गरिएको हो । एसोसियसनका अध्यक्ष तिर्थराज गौतम र निवर्तमान अध्यक्ष गेप बहादुर गुरुङ्गले उक्त सामग्री हस्तानतरण गर्नुभएको थियो ।

 

तनहूँ जिल्लाकै सवैभन्दा पुरानो होम स्टे गाउँको रुपमा परिचित यस दगाम प्रचार प्रसारको अभावमा पछाडी परेको हो । पृथ्वी राजमार्गबाट ८ किलोमिटरको दुरीमा समुन्द्र सतहबाट १३०० मिटरमा रहेको यस गाउँबाट धौलागिरि, निलगिरि, माछापुच्छ्रे, अन्नपुर्ण, लमजुङ्ग, गणेश हिमाल लगायत हिमाल श्रीङ्खला हरु आखै अगाडी देख्न पाईन्छ । तनहूँ, स्याङ्जा,  कास्की, पाल्पा, नवलपरासीका विभिन्न स्थान समेत यसै गाउँबाट दृष्यावलोकन गर्न पाईन्छ । पोखरा उपत्यकालाई आफ्नै आखा अगाडी देख्न पाईने यस स्थानमा रातको समयमा लेखनाथ र पोखरा उपत्यका हेर्न अत्यन्तै पनमोहन देखिन्छ । 

 

रोटरी क्लव अफ शुक्लागण्डकीले नमुना गाउँको रुपमा विकास गर्न रोटरी भिलेजको अवधारणा अगाडी सारेको छ । रोटरीले क्लवले यस अघि उक्त गाउँमा फ्री वाईफाई जडान गरिसकेको छ भने विद्यालयलाई कम्प्युटर वितरण, सामुदायिक भवनलाई सोलार दिन तयारी गरेको क्लवका अध्यक्ष त्रिलोचन लम्सालले वताए ।