आजको मिती : २०७५ मङ्सिर १ शनिबार

समय :०२:२८

Logo

स्थानीय

Image

सामाजिक कार्यका लागि शुक्लागण्डकीमा देउसी भैलो 

कार्तिक २२, दुलेगौँडा ।

सहारा युवा क्लब शुक्लागण्डकी-९ ढोरफिर्दीले संस्कृति संरक्षणका लागि देउसी भैलो कार्यक्रम शुरु गरेको छ ।क्लबले हराउँदै जान लागेको मौलिक कला,संस्कृतिको संरक्षण एवं समाजमा जागरण जगाउने उद्धेश्यले देउसी भैलो कार्यक्रम शुरु गरेको हो । उनीहरुले आधुनिक प्रविधि र गीतसंगीतलाई भन्दा मौलिक रुपमा मादल र खैजेडी बजाउँदै र गाउँदै देउसीभैलो खेलेको बताइएको छ । 

बुधबार देखि शुरु गरिएको देउसीभैलो कार्यक्रमको शुभारम्भ गर्दै शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाइलीले संस्कृति संरक्षण गर्ने जिम्मा अब युवाको काँधमा आएको बताइन् । उनले सु-संस्कृत रुपमा देउसीभैलो खेल्दै सामाजिक जागरण ल्याउने अभियानमा युवाहरुलाई सफलताको शुभकामना दिइन् ।


क्बलका अध्यक्ष हुकुम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष लोक नारायण श्रेष्ठ ,वडा सदस्य डिल बहादुर थापा, लोकदोहरी गायक हरि बहादुर महत ,सन्तुमाया ढकाल लगायतले मौलिक कला संस्कृति संरक्षणमा जोड दिएका थिए ।देउसीभैलोबाट संकलित रकमले समाजमा विभिन्न चेतनामुलक कार्यक्रम गरिने क्लबका अध्यक्ष गुरुङले बताए ।


त्यसै गरी नवप्रभात युवा क्लबले पनि तिहारको अवसरमा देउसीभैलो कार्यक्रम शुरु गरेको छ । संस्कृति संरक्षण तथा क्लबको भवन बनाउने उद्धेश्यले देउसी भैलो खेलिएको क्लबका अध्यक्ष बिक्रम कार्कीले बताए । उनका अनुसार गत बर्षको देसी भैलो कार्यक्रमबाट संकलित रकमले शान्ति टोल, मजुवा टोल, र नयाँ वस्ती टोलको बाटोघाटो र पुलहरुमा छाप्री सहित बल्ब जडान गरिएको छ ।