आजको मिती : २०७५ मङ्सिर १ शनिबार

समय :०२:२६

Logo

स्थानीय

Image

जे कुरा पनि विदेशीको नक्कल गरियो :- साँसद श्रेष्ठ (किसान)

कार्तिक २२, दुलेगौँडा ।

तनहुँको क्षेत्र नं-२ को प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ किसानले नेपालीहरु आफ्नो मौलिकता भुलेर विदेशी संस्कारमा रमाउन थालेकोप्रति चिन्ता व्यक्त गरेका छन् । विहिबार तनहुँको शुक्लागण्डकी-७ खैरेनीटारमा नेवा दय दबु शुक्लागण्डकीद्धारा आयोजित न्ह्यु भिन्तुना कार्यक्रममा बोल्दै नेपालीहरुले धेरै कुराहरुमा बिदेशी नक्कल गरेको बताए ।

उनले नेपाल संवत नेपालबाट प्रतिपादन भएको भए पनि यसलाई विसंदै नेपालीहरु विक्रम संवत् र इसंवि संवत्को पछाडी हिडिरहेको उल्लेख गरे । नेपाल संवतलाई नेवारहरुले मात्र मनाइरहेको भन्दै उनले नेपाल संवत्लाई सम्पुर्ण नेपालीले मनाउनु पर्नेमा जोड दिए ।  


साँसद श्रेष्ठले खैरेनीटार आफ्नो दोस्रो घर भएको बताउँदै खैरेनीटारको विकासमा आफ्नो ठाँउबाट लागि पर्ने बताए ।उनले गण्डकी प्रदेशको सम्भावित मन्त्रालय खैरेनीटारमा ल्याउन, दोभानमा मोटरेबल पुल निमार्ण गर्न र अन्य बैकिङ शाखाहरु स्थापना गर्ने विषयमा आफु लागि पर्ने प्रतिवद्धता जनाए ।


कार्यक्रममा नेवा दय दवुका केन्द्रिय उपाध्यक्ष शंकर नारायण श्रेष्ठ ,शुक्लागण्डकी वडा नं-९ का वडाध्यक्ष लोक नारायण श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समितिकी उपाध्यक्ष तुलसी कुमारी श्रेष्ठ लगायतले बालेका थिए ।


नेवा दय दबु शुक्लागण्डकीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले स्वागत र सचिव समुन्द्रराम श्रेष्ठले संचालन गरेका थिए ।समितिले विहान भिन्तुना ¥याली निकालेको थियो ।

 

नेवार भेषभुषामा सजिएर नेवार समुदायका महिला पुरुष एव युवाहरु ¥यालीमा सहभागी भएका थिए । उक्त ¥याली खैरेनीटार देखि दुलेगौँडा ,गाछेपानी, ढोरफिर्दी हुदै पुन खैरेनीटारमा  आएर समापन भएको थियो ।