आजको मिती : २०७४ मङ्सिर ७ बिहीबार

समय :०८:२४

Logo

खेलकुद

Image

युरोपा लिग : गोल भएपछि रिसाए दर्शक

भदौ २ – युरोपा लिगमा इभर्टन र हाजदक स्प्लिटबिचको खेल दर्शकका कारण तनावित बन्यो । दर्शकले मैदानमा विभिन्न वस्तु फालेर हुलदंगा गर्दा केहीबेर खेल रोकिएको थियो । इभर्टनका मिचेल केनले हेडमार्फत ३० औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए । केनले गोल गरेको केहीबेरमै दर्शकहरुले मैदानमा विभिन्न वस्तु फाल्न थाले । उनीहरुले विज्ञापनका बोर्डहरु भत्काउने गर्न थाले । उनीहरु मैदानमा नै प्रवेश गर्न खोजेका थिए । जसका कारण झण्डै ५ मिनेट खेल रोकियो ।

दर्शकले उग्र व्यवहार देखाइरहँदा खेलडीहरु मैदानको एक छेउमा बसेर स्थिति शान्त हुने प्रतिक्षा गरिरहेका थिए ।  खेल पुनः सुरु भएपछि ४५ औँ मिनेटमा इभर्टनका इड्रीसा गुएयेले गोल गरेर अग्रता बढाए । यससँगै पहिलो लेग इर्भटनले २–० गोल अन्तरले जित्यो । जितसँगै इभर्टनको युरोपा लिगको समूह चरणमा पुग्ने सम्भावना बलियो भएको छ । दोस्रो लेग आगामी बिहीबार हुनेछ ।