आजको मिती : २०७५ पौष २ सोमबार

समय :०४:२२

Logo

स्थानीय

Image

निर्धक्क भएर व्यवसायमा लगानी बढाउनुस्: मन्त्री लम्साल

मंसिर १७ ,दुुलेगौँडा ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन ,वन तथा वातावरण मन्त्री विकास लम्सालले निर्धक्क भएर लगानी बढाउन आह्वान गरेका छन् ।आइतबार तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाईको २३ औँ बार्षिक साधारण सभाको उद्घाटन गर्दै उद्योगी व्यवसायीहरुलाई लगानीको वातावरण सिर्जना गर्ने गरी प्रदेश सरकार अगाडी बढेको बताएका हुन् । उनले नीजि क्षेत्रलाई सहभागी गराई लगानीका लागि उचित र विश्वासिलो वातावरण बनाउने बताए ।प्रदेशभित्र साना उद्योगहरु रहे पनि व्यवसायिक रुपमा व्यवस्थित ढङ्गले संचालन नभएको भन्दै व्यवसायिक बनाएर लैजान आवश्यक रहेको बताए । 

मन्त्री लम्सालले प्रदेशका ८५ वटा स्थानिय तहमध्य प्रत्येक स्थानिय तहमा औधोगीक ग्राम स्थापना गर्ने गरी सरकारले तयारी अगाडी बढाएको बताए ।उनले स्थानिय तहको  आवश्कतालाइ्र्र हेरेर उद्योग स्थापना गर्ने उल्लेख गरे । उनले भने-"प्रदेश सरकारले स्थानिय तहको आवश्यकतालाई हेरेर दुग्ध, पाउरोटी,ब्लग लगायतका उद्योग स्थापना गछौँ, युवाहरुलाई उद्योग संचालनका लागि सम्पुर्ण पुर्वाधार तयार पारेर औधोगिक ग्रामको रुपमा विकास गर्ने छौँ ।" उनले प्रदेशका ११ जिल्लाकै उद्योगी व्यवसायीहरुको मञ्च गठन गरेर उद्योगी व्यवसायीहरुसंग सहकार्य र परामर्श गरी अगाी बढ्ने बताए ।

मन्त्री लम्सालले प्रदेशको विकासका लागि पर्यटनलाई पहिलो प्रथामिकतामा राखेको बताए । उनले प्रदेश सरकालाई मासिक रुपमा २ लाख पर्यटक भित्र्याउने गरी काम गर्नु पर्ने चुनौती रहकाले प्रदेशभित्रका सम्पुर्ण ऐतिहासिक ,धार्मिक, साँस्कृतिक लयायतका पर्यटन क्षेत्रको विकास र प्रर्वद्धन गरी पर्यटकीय राजधानी बनाउनु पर्ने बताए । उनले पर्यटकलाई बस्नका लागि २०० होटल आवश्यक रहेको बताउँदै नीजि क्षेत्रलाई लगानी गरेर अगाडी बढ्न आग्रह गरे । 

कार्यक्रममा उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका उपाध्यक्ष कृष्णराज पण्डितले उद्योगी व्यवसायीहरु धरासायी बन्दै गएकाले व्यवसायीको मर्का प्रदेश सरकारले बुझिदिनु पर्ने बताए । उनले उद्योगी व्यवसायीको हित हुने गरी नीति तथा कार्यक्रम तय गर्दै नीजि क्षेत्रसंग सहकार्य  गरी अगाडी बढ्न आग्रह गरे ।


त्यसै गरी तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी क्षेष्ठले उद्योगी व्यवसायीहरुले आफु पनि उपभोक्ता हुँ भनेर बुझ्नु पर्ने बताए । हरेक व्यवसायीले एक चिज विक्रि गर्ने र अन्य बस्तु सवै खरिद गर्नु पर्ने भएकाले उपभोक्ताको हितमा केन्द्रित बन्नु पर्ने बताए । 


कार्यक्रममा खैरेनीटार बजार इकाईका पुर्व सभापति हरि कुमार श्रेष्ठ, खैरेनीटार साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र उपाध्याय, थर्पु बजार इकाई समितिका सभापति भिमलाल श्रेष्ठ, वडा नं ७ का वडाध्यक्ष राम बहादुर थापा क्षेत्री ,शुक्लागण्डकी नागरिक समाजका बाबुराम बस्नेत लगायतले उद्योगी व्यवसायीहरुले उपभोक्ताको स्वाथ्यलाई ध्यान दिनु पर्नेमा जोड दिए ।बजार इकाईका सभापति पुर्ण कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुजित हिराचन र संचालन सचिव गंगाराम श्रेष्ठले गरेका थिए ।