आजको मिती : २०७५ पौष २ सोमबार

समय :०४:२२

Logo

स्थानीय

Image

ढोरफिर्दी क्षेत्रको विकासमा सबै लागौं : सांसद सिग्देल

मंसिर १८ , दुलेगौँडा ।

तनहुँ क्षेत्र नं २ का प्रतिनिधि सभाका सदस्य केदार सिग्देलले ढोरफीर्दी क्षेत्र धार्मिक पर्यटकीय ऐतिहासिक महत्व बोकेको क्षेत्र भएकाले यसको विकास गर्ने दायित्व सबैको भएको बताएका छन् । सोमबार तनहुँको प्रसिद्ध धार्मिक स्थल ढोरबाराही मन्दिरको अवलोकन तथा स्थानियसंगको अन्तरक्रियाको अवसरमा उनले सो कुरा बताएका हुन् । साँसद सिग्देलले आफ्नो साँसद विकास कोषमा परेको बजेटबाट ढोरबाराही मन्दिरको विकासका लागि २० लाख बजेट छुट्याएका छन् । उक्त रकम के? मा कसरी? खर्च गर्ने भन्ने विषयमा स्थानिय जनप्रतिनिधि तथा जनतासंगको छलफलको क्रममा साँसद सिग्देलले आफ्नो ठाउँको विकासको लागि सबैभन्दा पहिले स्थानिय नै सक्रिय बन्नु पर्ने बताए । उनले ढोरबाराही मन्दिरलाई व्यवस्थित गर्न सके मात्र वार्षिक करोडौँ रुपैँया पर्यटकहरुबाट र्आिर्र्थक संकलन गर्ने सकिने बताए । "आज हामी मन्दिरको विकासका लागि अरुलाई गुहार्न परेको छ, यता र उता निवेदन दिनु परेको छ"-उनले भने-"मन्दिरलाई व्यवस्थित रुपमा सवै एक भएर लागियो भने भोलि ढोरबारही समितिबाट बनेको पुल ,ढोरबारही समितिबाट बनेको स्कुल ,बाटो र अस्पताल भन्न सक्छौ ।"


कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले शुक्लागण्डकी भित्र रहेका ढोरबाराही,मुलबाराही ,भुलभुले बाराही ,कोट दरबार र मिलिनियम गुफा जस्ता धार्मिक, ऐतिहासिक र प्राकृतिक सम्पदालाई समेटेर पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न सकिने बताए । उनले शुक्लागण्डकीलाई समृद्ध बनाउने प्रमुख आधार नै पर्यटन भएकाले यस बर्ष ढोरबाराही मन्दिरका लागि ६० लाख बजेट विनियोजन गरेको उल्लेख गरे ।


वडाध्यक्ष लोकनारायण श्रेष्ठले ढोरबाराही मन्दिरको प्रचार प्रसार र विकासका लागि वडावासी र वडा कार्यालय मिलेर विभिन्न धार्मिक कार्यक्रम गर्ने योजना बनाएको सुनाए ।


पुर्व जिविस अध्यक्ष तथा स्थानिय श्यामराजा महतले ढोरबाराही मन्दिरलाई नगरपालिकाले हस्तक्षेप गरेको गुनासो गरे । उनले अब ढोर क्षेत्रमा सामाजिक कार्यमा क्रियाशील व्यक्तिहरुलाई सहभागी गराई नयाँ समिति गठन गरेर मन्दिरको चौतफी विकासमा लाग्नु पर्नेमा जोड दिए ।


ढोबाराही मन्दिर दशकै प्रसिद्ध धार्मिक स्थलको रुपमा परिचित भए पनि राजनीतिक खिचातानी ,संचालक समितिको हेलचेत्र्याई लगायतका कारणले गर्दा मन्दिरबाट भएको आम्दानी र परेको बजेटको सहि सदुपयोग नहुदाँ मन्दिरको विकास पछाडी परेको स्थानियको गुनासो छ । साँसद विकास कोषबाट परेको रकमले मन्दिरसम्म पुग्ने सिढी तथा रेलिङ निमार्ण गर्ने बताइएको छ ।