आजको मिती : २०७५ पौष २ सोमबार

समय :०४:२१

Logo

स्थानीय

Image

दुलेगौँडा बजार इकाईको २३ औँ साधरण सभा सम्पन्न , दुलेगौँडा बजार अब शनिबार बन्द हुने

मंसिर १८, दुलेगौँडा ।
तनहुँ उद्योग वाणिज्य संघ दुलेगौँडा बजार इकाईको २३ औँ बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य देव कुमार श्रेष्ठले व्यवसायीहरुलाई स्थानिय क्षेत्रको सम्भावनाको खोजी गरी व्यवसाय विस्तार गर्न सुझाव दिएका छन् । उनले प्रदेश राजधानी पोखरा शुक्लागण्डकीको नजिकै रहेकाले पनि त्यसको फाइदा दुलेगौँडा बजारका व्यवसायीहरुले लिनु पर्ने बताए । उनले यस क्षेत्रका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदालाई पर्यटनसंग जोडेर पर्यटकीय गन्तव्यको रुपमा विकास गरी पोखरा आउने पर्यटकलाई यहाँसम्म भित्र्याउन सक्नु पर्ने बताएका थिए । श्रेष्ठले उद्योगी व्यवसायीहरु अग्रसर नभएसम्म देशको समृद्धि नहुने भन्दै हरेक क्षेत्रको विकासका लागि नेतृत्व पनि व्यवसायीहरुले गर्नु पर्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष कृष्णराज पण्डितले पर्यटन तथा सामाजिक विकासमा पनि व्यवसायीहरुले भुमिका खेल्नु पर्ने बताए । उनले शुक्लागण्डकीमा प्रशस्त सार्वजनिक जग्गा भएकाले औधोगिक क्षेत्रको रुपमा विकास गर्न सकिने हुदाँ प्रदेश सरकारको ध्यानाकर्षण गराउनु पर्ने बताए ।

त्यस्तै तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले कर तिर्नेलाई राज्यले सम्मान् दिनु पर्ने बताए । हामीले कर ,करले होइन, रहरले तिरेका छौँ,उनले भने कर तिर्नेलाई राज्यले सम्मान् दिन जान्नुपर्छ । उनले व्यवसायीहरुलाई राम्रोसंग हिसाव राख्न र ढुक्क भएर व्यापार गर्न आग्रह गर्दै आन्तरिक राजश्व कार्यालयले करका विषयमा झमेला र दुख दियो भने उद्योग वाणिज्य संघ चुप लागेर नबस्ने बताए ।


कार्यक्रममा वडा नं-४ का वडाध्यक्ष शिव कुमार श्रेष्ठ , वडा नं-५ का वडाध्यक्ष दिर्घ बहादुर थापा ,तनहुँ उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष हरि बहादुर थापा, दुलगौँडा बजार इकाईका संस्थापक सभापति बसन्त ज्वारचन, खैरेनीटार बजार इकाईका सभापति पुर्ण बहादुर कायस्थ, शुक्लागण्डकी नागरिक समाजका सह सचिव विवेक खनाल, दुलेगौँडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष गजेन्द्र पौडेल, सामुदायिक प्रहरी सेवा केन्द्र शुक्लागण्डकीका अध्यक्ष दुर्गा बहादुर महत लगायतले आ आफ्नो विचार व्यक्त गरेका थिए ।


बजार इकाईका सभापति राजकुमार वाग्लेलेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रतिनिधि पुर्ण कुमार श्रेष्ठले स्वागत र सचिव मदन श्रेष्ठले संचालन गरेका थिए ।

बजार इकाईले आगामी पुस ९ गते देखि १८ गतेसम्म दुलेगौँडामा शुक्लागण्डकी महोत्सव आयोजना गर्ने सो अवसरमा जनाएको छ । महोत्सवको तयारीलाई आन्तरिक रुपमा अगाडी बढाइएको सचिव श्रेष्ठले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

बजाइ इकाईले आगामी शानिबार देखि हरेक सोमबार हुदै आएको बजार बन्द शनिबार गर्ने निर्णय गरेको छ भने बजार अनुगमनलाई सशक्त बनाएर लैजाने जनाएको छ ।