आजको मिती : २०७५ पौष २ सोमबार

समय :०४:२०

Logo

स्थानीय

Image

पञ्चमुनीमा अन्तरमावि स्तरीय हाजिरिजवाफ प्रतियोगिता

मंसिर १८, दुलेगौँडा ।

नेपाल जुनियर रेडक्रस युवा सर्कल पञ्चमुनी देव माध्यमिक विद्यालयको आयोजनामा अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगीता सोमबार सम्पन्न भएको छ । जिल्लाका २९ विद्यालय सहभागी प्रतियोगीतामा नेपाल प्रहरी बोडिङ्ग बेलचौतरा प्रथम भएको छ । त्यस्तै निर्मल माध्यमिक विद्यालय दमौली द्धितिय ,पञ्चमुनी देव माध्यमिक विद्यालय तृतिय ,रामशाह विद्यालय आबुखैरेनी  सान्तवना भए । विजेताहरुले विभिन्न शैक्षिक सामाग्री सहितका पुरस्कार प्राप्त गरे ।

वितेता विद्यालयका विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै फिरफिरे श्रोत केन्द्रका श्रोत व्यक्ति धन नारायण श्रेष्ठले यस्ता कार्यक्रमले विद्याथीको आन्तरिक प्रतिभा प्रस्फुटनसंगै नेतृत्व विकास हुने बताए । कार्यक्रममा उदेनढुङ्गा श्रोतकेन्द्रका श्रोत व्यक्ति सुरेन्द्र कर्ण ,नेपाल रेडक्रस सोसाइटी तनहुँका उपमन्त्री इन्द्र प्रसाद पौडेल, कार्यक्रम संयोजक सुशिल निराल ,पञ्चमुनी देव माविका प्रधानाध्यापक ध्रुव कुमार कुमार मल्ल लगायतले बोलेका थिए ।


नेपाल जुनियर रेडक्रस युवा सर्कल पञ्चमुनीका अध्यक्ष अनिष भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मानस्वी रिमालले र संचालन सचिव निशाना पौडेल र सह-सचिव हरि खरेलले गरेको शिक्षिका टुकादेवी आर्चायले जानकारी दिइन् ।