आजको मिती : २०७५ पौष २ सोमबार

समय :०४:२३

Logo

स्थानीय

Image

अधिकृत विक्रेता संघ तनहुँमा थापा निर्वाचित

मंसिर १८, दुलेगौँडा ।

अधिकृत विक्रेता संघ तनहुँको ५औं साधारणसभा तथा तेस्रो अधिवेशन सोमबार दमौलीमा सम्पन्न भएको छ । अधिवेशनले लिल बहादुर थापालाई अध्यक्षमा निर्वाचित गरेको छ ।संघको प्रथम उपाध्यक्षमा हरि खड्का, द्धितिय उपाध्यक्षमा सरोज भण्डारी, सचिवमा हर्षमान श्रेष्ठ, कोषाध्यक्षमा लालप्रसाद प्रधान, सहसचिवमा केदार अधिकारी निर्वाचित भएका छन् । त्यस्तै गरी सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, चन्दन श्रेष्ठ, सुजन श्रेष्ठ, बन्धुराज पराजुली, मोतिलाल श्रेष्ठ, सन्जीव श्रेष्ठ र राजाराम शर्मा निर्वाचित भएको संघले जनाएको छ ।त्यस त्यसअघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल वितरक महासंघका संस्थापक अध्यक्ष गोविन्द प्रसाद कर्माचार्यले नेपालको अर्थतन्त्रमा अधिकृत विजेताको भुमिका महत्वपूर्ण रहेको बताए । उनले व्यवसाय संचालनमा धरै चुनौती आइपर्ने हुनाले चुनौती सामना गर्न व्यवसायी बीच एकताको खाँचो औंल्याए ।